• २०७५-३-३२ , सोमबार/ Monday 07-16-18
  • 11:07:35

एकीकृत केन्द्रीय कमिटीमा माओवादीलाई ४५ प्रतिशत, चुनाव चिन्ह सूर्य

२ जेठ, काठमाडौं

नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतापछि बन्ने नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति ४४१ सदस्यीय हुने भएको छ । जसमा एमालेको तर्फबाट २४१ र माओवादीबाट २०० जना हुनेछन् । त्यस्तै ४३ सदस्यीय स्थायी कमिटीमा एमालेबाट २५ र माओवादीबाट १८ जना रहने स्रोतले बताएको छ । पार्टी एकताको बिहीबार मदन आश्रति स्मृति दिवसको अवसर पारेर बल्खुमा घोषणा गर्ने दुई पार्टीको तयारी छ । त्यस्तै बिहीबार नै नेपाल कम्युनिष्ट पार्टीको नाममा निर्वाचन आयोगमा दल दर्ता गर्ने तयारी पनि छ । दुई पार्टीको सहमति अनुसार चुनाव चिहृन सूर्य नै रहने भएको छ ।बुधबार विहान एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो । बुधबार साँझ बसेको एमाले स्थायी कमिटी बैठकमा अध्यक्ष ओलीले प्रचण्डसँगको भेटमा भएको कुराकानीबारे ब्रिफिङ गरेका थिए । (अनलाइनखबर बाट )

प्रतिकृया दिनुहोस

नारायणीमा एक जना बेपत्ता

नवलपरासी, फागुन २३  नारायणी नदीमा माछा मार्ने क्रममा डुबेर एक जना बेपत्ता भएका छन् । नवलपरासीको वर्दघाट सुस्तापूर्व विनय त्रिवेणी गाउँपालिका –६

नवलपुर महोत्सव शुरु  प्रदेश ४ लाई लगानी मैत्री बनाउंछुः मुख्य मन्त्री गुरुङ

नवलपरासी, २३ फाल्गुन । प्रदेश ४ का मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश ४ लाई लगानी मैत्री प्रदेश बनाउने बताउनुभएको छ ।बुधबारबाट प्रदेश ४

स्थानीय तह र जिल्ला समन्वय समितिबीच अधिकारको विषयमा विवाद

नवलपरासी फागुन २३ पश्चिम नवलपरासीका स्थानीय तह र जिल्ला समन्वय समितिबीच अधिकारको विषयमा विवाद बढेको छ । दुवैले एक अर्काभन्दा आफू नै ठूलो निकाय