• २०७५-२-१४ , सोमबार/ Monday 05-28-18
  • 01:05:18

रुपन्देहीमा बाबुलाई गोली हानेर छोरा फरार !

टोपराज शर्मा

३ जेठ, बुटवल

रुपन्देहीको मणिग्राममा बुधबार साँझ गोली प्रहारबाट घाइते भएका रामकेश धबलको बिहीबार उपचारको क्रममा मृत्यु भएको छ । भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्समा उपचारको क्रममा बिहीबार ४१ वर्षीय धबलको मृत्यु भएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानले घटनामा मृतक धवलकै २० वर्षीय छोरा सन्दिप धवलको संलग्नता रहेको देखाएको छ । पारिवारिक विवादका कारण छोराले नै गोली प्रहार गरेको हुन सक्ने आशंका गरिएको छ । छोरा सन्दिप अहिले फरार छन् । उनको खोजी भइरहेको प्रहरी बताउँछ । यसैबीच, मृतकका दाजुले घटनामा मृतकका छोरा सन्दिपको संलग्नता रहेको भन्दै जिल्ला प्रहरी कार्यालय, रुपन्देहीमा किटानी जाहेरी दिएका छन् । ‘परिवारबाटै किटानी जाहेरी परेपछि हाम्रो आशंका थप बलियो भएको छ’, रुपन्देही प्रहरीका एक अधिकारीले भने, ‘विस्तृत अनुसन्धान गरिरहेका छौं । छिट्टै सार्वजनिक गर्छाैं ।’

घटनामा प्रयोग भएको मोटरसाइकल विमानस्थलमा भेटियो

प्रहरीले घटनामा प्रयोग भएको भारतीय नम्बर प्लेटको मोरसाइकल भैरहवा विमानस्थल नजिक फेला परेको छ । गोली हान्ने व्यक्तिको खोजीका क्रममा यूपी ५६एक्स ७४९० नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकल भेटिएको हो । मोटरसाइकलसँगै भेटिएको झोलामा गोली हान्ने व्यक्तिले लगाएको सेतो सर्ट र नीलो पाइन्ट पनि फेला परेको रुपन्देही प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) डिल्ली नारायण पाण्डेले अनलाइनखबरलाई बताए । गोली हानेर कपडा फेरेर अभियुक्त भागेको हुन सक्ने प्रहरीको आशंका गरेको छ । गोली हान्ने व्यक्ति भारततिर भागेको आशंका गरिएको छ । (अनलाइनखबर बाट )

प्रतिकृया दिनुहोस

नारायणीमा एक जना बेपत्ता

नवलपरासी, फागुन २३  नारायणी नदीमा माछा मार्ने क्रममा डुबेर एक जना बेपत्ता भएका छन् । नवलपरासीको वर्दघाट सुस्तापूर्व विनय त्रिवेणी गाउँपालिका –६

नवलपुर महोत्सव शुरु  प्रदेश ४ लाई लगानी मैत्री बनाउंछुः मुख्य मन्त्री गुरुङ

नवलपरासी, २३ फाल्गुन । प्रदेश ४ का मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश ४ लाई लगानी मैत्री प्रदेश बनाउने बताउनुभएको छ ।बुधबारबाट प्रदेश ४

स्थानीय तह र जिल्ला समन्वय समितिबीच अधिकारको विषयमा विवाद

नवलपरासी फागुन २३ पश्चिम नवलपरासीका स्थानीय तह र जिल्ला समन्वय समितिबीच अधिकारको विषयमा विवाद बढेको छ । दुवैले एक अर्काभन्दा आफू नै ठूलो निकाय