• २०७५-५-४ , सोमबार/ Monday 08-20-18
  • 07:08:56

बैदेशिक रोजगारमा जानेको संख्या दिन प्रतिदिन बढ्दै

३ जेठ परासी 

देशमा प्रयाप्त रोजगारको सृर्जना नहुदा बा पारिश्रमिक भने जस्तो नहुदा बैदेशिक रोजगारमा जानेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । बैदेशिक रोजगारीमा जाने युवाहरु ठगिएका घटनाहरु दिनदिनै बाहिर आएता पनि यसमा कमि भने आउन सकेको छैन् । बिगतमा ठकिने तरिका र हाल ठगिने तरिकामा  परिबर्तन आएको भएता क्रममा भने कमि आउन सकेको छैन। नजानेर भन्दा पनि बाध्य भएर बा हौसियर बढि भन्दा बढि धन चाडै कमाउने उदेश्यका साथ विदेशिदा युवाहरु ठगिएयो एक तथ्याङ्गले देखाएको छ । ईन्द्रेणी सामाजिक विकास मन्च बर्दघाट ९ पंचनगर र हेल्वेटास को साझेदारिमा संचालित सुरक्षित आप्रवासन परियोजना अन्तरगत सुचना तथा परामर्श केन्द्र मा परेका निबेदनको तथ्याङ्गक हेर्दा केशको देशगत बिबरण हेर्दा पश्चिम नवलपरासीको मार्च १०१४ देखि १५ मे  सम्म  ४ बर्षको तथ्याङ्ग मा ९७६ बटा केश दर्ता भएका छन् । जसमा सबैभन्दा बढि मलेशियामा २८३, साउदीमा १६७ , कतारमा १४९, युएईमा ६४, कुबेतमा ३८, आमनमा २, बहराईनमा ३, नेपालमा २६० , र अन्यमा १० बटा केश परेको तथ्थाङ्कले देखाएको छ । त्यसैगरि प्रकृतिगत विबरणमा नेपालमा ठगि ३०७, बिदेशमा काम तलब लगाएतको समस्या ३७२, मृत्यु ६३, बिरामी , दुर्घटना, घाईते, अंगभंग ५६ , जेल केश ४५, मेडिकल अनफिट केश ४९, र सम्पर्क विहिन , उद्धार ८४ रहेको छ । पश्चिम नवलपरासी जातिगत रुपमा हेर्दा मधेशि समुदायको बाहुल्यता भएको हुनाले ठगि हुने क्रम पनि सोहि अनुरुप तथ्याङ्कले देखाएको छ । जसमा जम्मा ९७६ बटा केह मध्ये मधेशि, मुस्लिम ४९५, तराई जनजाति १४८, तराई दलित १०१, पहाडि जनजाति ८४, ब्राम्हण ६३, पहाडि दलित ५६, र क्षेत्रि २९  रहेका छन् । बैदेशिक रोजगारको कानुन अन्य अदालति कानुनमा भन्दा छिटो टरितो रुपमा कार्य हुनेगरेको भएता पनि नेपाल सरकारले तोकेको देश तथा मापदण्ड पूरा नगरी बिदेश जानु र यथेष्ट रुपमा प्रमाण नहुदा समस्या हुने गरेको छ । बैदेशिक रोजगारीमा जानेहरुका लागि  ईन्द्रेणी सामाजिक विकास मन्च बर्दघाट ९ पंचनगर र हेल्वेटास को साझेदारिमा संचालित सुरक्षित आप्रवासन परियोजना अन्तरगत सुचना तथा परामर्श केन्द्रले नठगिउन भनि मध्यस्त कर्ताको रुपमा काम गर्दाै आएको छ । बैदेशिक रोजगारिको लागि भनि प्रलोभनमा परि अबैधानिक तरिका अपनाई भएका ठगीका ७३ बटा केशमा १२ बडा केश समान गर्न सफल भएको छ । जसमा १ करोण ९८ लाख २९ हजार मा ३१ लाख ७० हजार रकम र्फिता गराउन सामि परियोजना सफल भएको छ । सबैभन्दा बढि युएईमा ३० जना को ६४ लाख ५७ हजार रकम ठगि भएकोमा २२ लाख २० हजार रकम र्फिता भएको छ । भने ७ बटा केश समाधान भएका छन् । त्यसैगरि टर्किमा ५ जना को ३१ लाख  रकम ठगि भएको छ । अजरबैजानमा ३ जना को ९ लाख ६० हजार रकम ठगि भएको छ । अमेरिकामा ४ जना को १० लाख  रकम ठगि भएको छ भने ६ लाख र्फिता भएको छ ४ बटा केश समाधान भएको छ । जोर्डनमा ५ जना को १० लाख  रकम ठगि भएको छ । क्यानाडामा १ जना को ७ लाख ५० हजार  रकम ठगि भएको छ । ईराकमा ४ जना को ८ लाख  रकम ठगि भएको छ । युरोपमा १ जना को १ लाख ५२ हजार  रकम ठगि भएको छ जसमा फिर्ता रकम १ लाख भने १ बटा केश समाधान भएको छ । जर्मनमा १ जना को ३ लाख  रकम ठगि भएको छ । ग्रिसमा १ जना को ८ लाख ५० हजार रकम ठगि भएको छ । ईजारायलमा २ जना को ३ लाख  रकम ठगि भएको छ । जापानमा २ जना को २ लाख १० हजार रकम ठगि भएको छ । लिभियामा  १ जना को २ लाख  रकम ठगि भएको छ । मकाउमा ३ जना को ७ लाख ५० हजार रकम ठगि भएको छ । माल्दिप्समा २ जना को १ लाख  रकम ठगि भएको छ । भने  १ लाख रकम र्फिता भएको छ । पोल्याण्डमा ३ जना को १ लाख ५० हजार रकम ठगि भएको छ । भने  १ लाख ५० हजार रकम र्फिता भएको छ । सिंगापूर मा ३ जना को २४ लाख  रकम ठगि भएको छ । साईप्रस मा १ जना को १ लाख ५० हजार रकम ठगि भएको छ । र थाईल्याण्डमा १ जना को २ लाख  रकम ठगि भएको छ । ईन्द्रेणी सामाजिक विकास मन्च बर्दघाट ९ पंचनगर र हेल्वेटास को साझेदारिमा संचालित सुरक्षित आप्रवासन परियोजना अन्तरगत सुचना तथा परामर्श केन्द्र ले आयोजना गरेको पत्रकार सम्मेलनमा तथ्थाङ्क बारे जानकारी गराईएको हो । नवलपरासी बर्दघाट सुस्ता पश्चिम बैदेशिक रोजगारि संग सम्बन्धित समस्या हरु तथ्यगत अबस्था र बैदेशिक रोजगारिको नाममा विभिन्न प्रलोभनमा पारि अबैधानिक बाटो र तरिका प्रयोग गरि अलपत्र पार्नै तथा ठगिमा पारिका पिडित हरु संग अन्तिरक्रिया गरिएको सो सम्मेलन ईन्द्रेणी सामाजिक विकास मन्च बर्दघाट ९ पंचनगर का कार्यकारी निर्दैशक बद्रि सुबेदिको अध्यक्षता रहेको थियो भने सुरक्षित आप्रवासन परियोजना का कार्यक्रम संयोजक उमा पौड्यलले कार्यक्रमको उदेश्यमाथि प्रकास पार्नु भएको थियो भने कार्यक्रम अधिकृत ज्ञानेश्बर भण्डारीले कार्यक्रम संचालन गर्नु भएको थियो । 

प्रतिकृया दिनुहोस

सवारी साधनको बाक्लो चापले सुरक्षा चुनैती

नवलपरासी प्रतापपुरस्थीत गण्डक नहर किनारमा रहेको बेलाटारी चोकमा सवारी साधनको बाक्लो चापले सुरक्षा चुनैती र पैदल यात्रुलाई समस्या पर्दै गएको छ ।

जथाभावि छाडा चौपाया छाडिदा कृषकका वाली नालीमा हानी नोक्सानी

नवलपरासी बर्दघाट नगरपालिका भित्र जथाभावि छाडा चौपाया छाडिदा कृषकका वाली नालीमा हानी नोक्सानी पु¥याएको छ । किसानहरुले दुःख गरी माना छरेर मुरी

ट्रकको ठक्करबाट एकको मृत्यु

नवलपुरको अमरापूरीमा हेभी ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा देवचूली नगरपालिका १४ का २२ वर्षीय मुकेश सापकोटा रहेका छन् । गैंडाकोट