• २०७५-७-५ , सोमबार/ Monday 10-22-18
  • 06:10:28

पार्टि एकताको खुसियालिमा दिप प्रज्वलन


३ जेठ, बर्दघाट
  नेकपा एमाले र नेकपा माओबादि केन्द्र विच एकता भै नेपाल कम्युनिष्ट पार्टि बनेसंगै पश्चिम नवलपरासीका विभिन्न ठाउहरुमा दिप प्रज्वलन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टिका कार्यकर्ताहरुले विभिन्न चोक चौराहामा दिप प्रज्वलन गरी दुवै पार्टि विच एकता भै एक पार्टि निर्माण हु्नु ऐतिहासिक क्षण भएको भन्दै एक आपसमा खुसी साटासाट गरेका थिए । बर्दघाट नगरपालिकाको वडा नम्बर ४ बर्दघाट चोकमा दिप प्रज्वलन गर्दै एकताको दिनलाई उत्सवको रुपमा मनाएका छन् । बर्दघाटको कार्यक्रममा बद्रि खनालले पार्टि एकता हुनु सवैको लागि खुसीको क्षण भएको भन्दै अव सवै मिलेर देशविकासमा लाग्नुपर्नेमा जोड दिएका थिए । 

  प्रतापपुर २ गोपिगञ्ज बजारमा पनि दिप प्रज्वलन गरिएको छ । गोपिगञ्जमा एक कार्यक्रमको आयोजना गरी दिप प्रज्वलन गरिएको हो । दिप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नम्बर ५ का सांसद दिपेन्द्र क्मार अधिकारीले पार्टि एकताले सवैमा उत्साह थपिदिएकोले सवै मिलेर समृद्धिको बाटोमा अगाडि बढ्नुपर्ने बताउनुभयो । कार्यक्रम नेपाल कम्युनिष्ट पार्टिका रमेश पाण्डेको अध्यक्षतामा भएको हो । कार्यक्रममा ईश्वरी घिमिरे , गणेश पोखरेल , तारा थापा , जैवु नेशा , नारायण पराजुली , पुकार शर्मा , प्रतापपुर गाउपालिका वडा नम्बर २ का अध्यक्ष ईश्वरी चौधरी लगायतका नेताहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन एकादेव पाण्डेले गर्नुभएको थियो ।

  त्यस्तै पार्टि एकताकै खुसियालिमा सुस्ता गाउपालिकामा पनि दिप प्रज्वलन भएको छ । सु्स्ता गाउपालिका वडा नम्बर २ को कुडियामा कार्यक्रमको आयोजना गरी दिप प्रज्वलन गरिएको हो । सुस्तामा भएका कार्यक्रममा टेकनारायण उपाध्याय , दिर्घजीवी पोखरेल ,  धन बहादुर गुरुङ , गणेश पंगेनी , युवराज डुम्रे , लगायतले बोल्नुभएको थियो । कार्यक्रम ज्ञान प्रसाद पाठकको अध्यक्षता डिल्लीराम काफ्लेको स्वागत तथा सागरमणी पाण्डेको संचालनमासम्पन्न भएको हो ।

प्रतिकृया दिनुहोस

नवलपरासी बस दुर्घटना अपडेटः मृतकको संख्या ६ पुग्यो

४ कार्तिक   नवलपरासी पूर्वी नवलपरासीको मध्यविन्दु ११ बाहुनीकुनामा भएको बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या ६ पुगेको छ । ईटहरी बाट भैरहवाका

नवलपरासी बस दुर्घटना अपडेट : घाइतेको संख्या ५१ पुग्यो मृतकको सनाखत हुन बांकी

४  कार्तिक  नवलपरासी पूवी नवलपरासीको मध्यविन्दु ११ बाहुनीकुनामा भएको बस दुर्घटनामा परि घाईते हुनेको संख्या ५१ पुगेको छ । मृत्यु भएका ५ जनाको अझै

पूर्वी नवलपरासीमा बस दुर्घटना ५ जनाको मृत्यु

४  कार्तिक  नवलपरासी पूर्वी नवलपरासीको मध्यविन्दु ११ बाहुनीकुनामा बस दुर्घटना हुंदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ भने कम्तीमा ३९ जना घाईते