• २०७५-१०-६ , आइतबार/ Sunday 01-20-19
  • 07:01:25

शिक्षिकाको कुटाइबाट कक्षा ५ मा पढ्ने बालकको दाँत भाँचियो

३ जेठ, गुल्मी । गुल्मीमा शिक्षिकाको कुटाइबाट एक बालक घाइते भएका छन् । जिल्लाको सदरमुकाम तम्घासस्थित रेसुङ्गा माध्यमिक विद्यालय कक्षा ५ मा पढ्ने अनमोल जिसी शिक्षिकाको कुटाइबाट घाइते भएका हुन् । बिहीबार बिद्यालयमा पढ्न स्कुल गएका बिद्यार्थी जिसीलाई शिक्षिका रमा पाण्डेयले कुट्ने क्रममा दाँत भाँचिएको हो । बालक स्कुलबाट साँझ घरमा आएर अभिभावकलाई शिक्षिकाकाले कुटेर दाँत भाँचिएको बताएपछि घटना सार्वजनिक भएको थियो । शिक्षिकाको कुटाइबाट घाइते बालकको तम्घासमा उपचार भइरहेको छ । कक्षा बिद्यार्थीहरुले हल्ला गरेको भन्दै बिद्यार्थीहरुलाई लठ्ठीले हान्ने क्रममा उनको दाँतमा लागेर भाँचिएको बताइएको छ । बिद्यालयबाट बालक रुदै आएर बुझने क्रममा शिक्षिकाले हानेर दात भाँचिएको बताएको वालकी अभिभावक मिना जिसीले बताइन् । शिक्षिकाको कुटाईबाट बालक घाइते भन्ने सम्बन्धमा बिद्यालयका प्रधानाध्यापक प्रेम भण्डारीले शिक्षिकाबाट गल्ती भएको स्वीकारेका छन् । उनले घटना थाहा पाउन साथ शिक्षिकासँग् बुझ्ने क्रममा केही गल्ती भएको स्वीकारेका हुन् । प्रधानाध्यापक भण्डारीले शिक्षिकाको कुटाईबाट घाइते बालकको तत्कालै उपचार गर्न अभिभावकलाई आग्रह गरेको र बाँकी अन्य बिषयमा पछि छलफल गर्ने बताए । (अनलाइनखबर बाट )

प्रतिकृया दिनुहोस

मृत भेटिएकी कमलाको आफ्नै श्रीमानले हत्या गरेको खुलासा 

नवलपरासी पुस २० पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नमबर २ की कमला थरुनी गत पुस ४ गते श्रीमान संगै जंगलमा घासदाउरा खोज्न गएको समयमा जंगलबाटै

माघबाटै नारायणगढ-बुटवल सडक विस्तारको काम

१७ पुस, काठमाडौं नारायणगढ-बुटवल सडकखण्ड चार लेनमा विस्तार गर्ने काम माघको पहिलो हप्ताबाटै सुरु हुने भएको छ । काम सुरु गर्नका लागि पुसको अन्तिम साता

प्रदेश ५ को सहकारी विधेयकमा कांग्रेसको १० बुँदे संशोधन

१६ पुस, बुटवल प्रदेशसभा ५ मा पेश गरेको प्रदेशका सहकारी सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले १० बुँदे संशोधन दर्ता