• २०७५-१०-६ , आइतबार/ Sunday 01-20-19
  • 07:01:09

विद्यार्थीहरुलाई पिऊने पानी र सरसफाईका वारेमा जानकारी प्रदान 

विद्यार्थीहरुलाई पिऊने पानी र सरसफाईका वारेमा जानकारी प्रदान 
बर्दघाट माघ १८
मानिसको दैनिक जिवनमा प्रयोग हुने पिउनेपानी सफा र शुद्ध नभए अनेकौं रोगले आक्रमण गर्न सक्ने भएकाले सबैले सरसफाईमा विषेश ध्यान दिन जरुरी रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले आफुले घरमा पिउने पानी कहांवाट कसरी आफ्नो घरको धारा सम्म आउछ ?  र खानेपानीलाई कसरी शुद्धिकरण गर्न सकिन्छ भन्ने वारेमा सबैलाई ज्ञान हुन जरुरी रहेको बताएका थिए । बार्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको सभाहलमा भएको विद्यार्थीहरु संगको अन्तर संवाद कार्यक्रममा बोल्ने बक्ताहरुले सो कुरा बताएका हुन । बर्दघाटमा रहेको दाउन्ने माविका विद्यार्थीहरुले आफ्नो पाठ्यक्रमको सामाजिक अध्ययन अवलोकन अन्र्तगतको विकासका पूर्वाधार विषयको २५ पुर्णङ्कको जानकारी लिन गएका विद्यार्थीहरुसंग संस्थाका पदाधिकारी,कर्मचारी,शिक्ष्ाँक,विद्यार्थी तथा संचार कर्मीहरु विच अन्तरसंवाद कार्यक्रम हुनुका साथै विद्यार्थीहरुलाई पिऊने पानी र सरसफाईका वारेमा जानकारी प्रदान गरीएको थियो । नेपालको नमुना खानेपानी संस्थाका रुपमा रहेको बार्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्ययन अवलोकनका लागि नेपालका विभिन्न स्थानहरुवाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका मानिसहरु आउने गर्दछन । यसक्षेत्र कै नमुना संस्थाका रुपमा रहेको सो संस्थामा पछिल्लो समयमा विद्यालय र क्याम्पसका विद्यार्थीहरुले समेत अध्ययन स्थलका रुपमा लिन थालेका छन् । बच्चाहरुवाट समुदाय सम्म सन्देश पुर्याउन र समाज परिर्वतन गर्न सहजहुने भएकाले अब विद्यार्थीहरुलाई समेत सोही अनुसार जानकार गराउन अध्ययन अवलोकनका लागि लगिएको शिक्षक विनोद ज्ञवालीले बताउनु भएको छ। अबलोकन पछिको अन्तरक्रिया कार्यक्रममा बार्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष ईन्द्र कुमार रानाको अध्यक्षता ब्यवस्थापन विष्णु भुषालको संचालनमा भएको अन्तरसम्वाद कार्यक्रममा संस्थाका उपाध्यक्ष तथा खानेपानी सुरक्षा योजनाका संयोजक घातानन्द वस्याल,, कार्य समिति सदस्य सरस्वती कंडेल खानेपानी सुरक्षा योजना सदस्य शशोभा सुवेदी, बिधालयका शिक्षक विनोद ज्ञावाली रामप्रसाद पौड्यल लगाएतले वोल्नु भइको थियो भने बिधार्थिहरुको बिबिध जिज्ञासा खानेपानीका  प्रविधिक ईन्चार्ज लोकबहादुर गुरुङ्ग र ब्यबस्थापक बिष्णु कुमार भुसालले प्रकास पार्न भएको थियो भने सोही अबसरमा २५ मिनेटको खानेपानी सुरक्षा योजना सम्बन्धि डकुमेन्ट्री समेत प्रदर्शन गरिएको ब्यबस्थापक विष्णु कुमार भुसालले जानकारी दिनु भयो । 

प्रतिकृया दिनुहोस

नेशनल प्याब्सनले मनायो २१ औं स्थापना दिवस 

नवलपरासी पुस २८ २१ औं नेशनल प्याब्सन डे नवलपरासीमा विविध कार्यक्रम गरी मनाईएको छ ।  स्थापना दिवसको अवसर पारेर नेशनल प्याब्सन नवलपरासीले रक्तदान

शिक्षक अभाव भएपछि गाउपालिका आफैले दरबन्दि ब्यबस्थान

४ पुस,नवलपरासी   सुस्ता गाउपालिकाका सामुदायिक विद्यालयहरुमा शिक्षक अभाव भएपछि गाउपालिका आफैले दरबन्दि सिर्जना गरि शिक्षक नियुक्ति गरेको छ ।

जिसन स्पोर्टस मिट हुने

प्रमोद अर्याल २३ मंसिर ,बर्दघाट, शैक्षिक ऐक्यवद्धताको समुह नेपाल (जिसन) नवलपरासीको आयोजनामा खेलकुँद कार्यक्रम हुने भएको छ । जिसन स्पोर्टस मिट २०७५