• २०७५-१०-६ , आइतबार/ Sunday 01-20-19
  • 07:01:46

राष्ट्रकविको स्वास्थ्यमा सुधार

११ जेष्ठ,नयाँदिल्ली

सानो आन्द्राको आन्तरिक रक्तस्राव नरोकिएपछि थप उपचारका लागि भारतको नयाँदिल्ली ल्याइएका राष्ट्रकवि माधव घिमिरेको स्वास्थ्यमा सुधार देखिएको छ । बुधबार साँझ ६ बजे जेट एयरवेजको विमानबाट नयाँदिल्ली ल्याइएका घिमिरेलाई नयाँदिल्लीको गुडगावँस्थित मेदान्त अस्पतालको ११ औं तलाको ५१३२ नम्बरको हाइकेयर युनिटमा भर्ना गरिएको छ । घिमिरेलाई एयरपोर्टबाट सोझै मेदान्त पुर्‍याइएको थियो । भर्नालगत्तै उनको स्वास्थ्य परीक्षण पनि सुरु गरिएको छोरा इन्दिबरले बताए । बुधबार राति करिब १२ बजे बसेको चिकित्सकहरूको आपतकालीन बैठकले रक्तस्राव कहाँबाट भइरहेछ भन्ने पत्ता लगाउन इन्डोस्कोपी, कोलोनोस्कोपी र क्याप्सुल इन्डोस्कोपी गर्ने निर्णय गरेको थियो । त्यसका लागि नाकबाट पाइप छिराएर पेट र आन्द्रा सफा गर्ने प्रक्रिया सुरु गरिएको थियो । बिहीबार दिउँसो गरिएको इन्डोस्कोपीमा सानो आन्द्रामा दुई ठाउँमा देखिएका सामान्य ‘स्क्र्याच’ लाई लेजर प्रविधिबाट डामिएको घिमिरेका छोरा इन्दिबरले जानकारी दिए । त्यसपछि दुई सातादेखि भइरहेको रक्तस्राव पनि रोकिएको छ । ‘स्वास्थ्यमा सुधार देखिएको छ, लेजरपछि दिसा पनि सामान्य भएको छ,’ इन्दिबरले भने । यसैगरी क्याप्सुल इन्डोस्कोपीबाट प्राप्त हुने तस्बिरलाई केलाएपछि थप अनुसन्धान र परीक्षण गर्नुपर्ने वा नपर्ने यकिन गरिनेछ,’ चिकित्सकलाई उद्धृत गर्दै उनले बताए ।

‘छिट्टै निको भएर फर्कन्छु’
राष्ट्रकविले आफू निको हुनेमा ढुक्क रहेको बताएका छन् । घिमिरेका छोरा इन्दिबरले राष्ट्रकविलाई उद्धृत गर्दै भने, ‘बुबा ढुक्क हुनुहुन्छ, नेपालीसमेत थप उपचारका लागि आउने यति ठूलो अस्पतालमा आफ्नो समस्या पहिचान हुन्छ र आफू निको भएर फर्कन्छु भन्नुभएको छ ।’उच्च रक्तचाप र दिसामा रगत देखा पर्ने समस्याका कारण दुई सातादेखि घिमिरेको काठमाडौंको धापासीस्थित ग्रान्डी अस्पतालमा उपचार हुँदै आएको थियो । तर, सानो आन्द्राबाट नियमित रक्तस्राव हुने ठाउँ पत्ता नलागेकाले चिकित्सकले थप उपचारका लागि भारत लैजान सुझाव दिएका थिए । ९९ वर्षीय राष्ट्रकवि घिमिरेको उपचारको सम्पूर्ण खर्च सरकारले बेहोर्ने निर्णय गरिसकेको छ ।

प्रविधि मुलुकमै उपलब्ध : नर्भिक
काठमाडौं (कास)– नर्भिक हस्पिटलले राष्ट्रकवि माधव घिमिरेको उपचारका लागि आवश्यक प्रविधि मुलुकमै उपलब्ध रहेको जनाएको छ । बिहीबार विज्ञप्ति जारी गरी नर्भिकले घिमिरेको उपचारका लागि आवश्यक प्रविधि मुलुकमै उपलब्ध नभएको र त्यससम्बन्धी विशेषज्ञसमेत नेपालमा अप्राप्य रहेको भन्दै सरकारी खर्चमै उपचारका लागि भारत लगिएको तर उपचार प्रविधि र विशेषज्ञ मुलुकमा उपलब्ध छैन भन्नु सत्य नरहेको जनाएको छ ।नर्भिकले तीन वर्षदेखि नै इन्टेरोस्कोपी प्रविधिको सफलतम प्रयोग गर्दै आएको जनाएको छ । यस्ताखाले चिकित्सा समस्याको उपचारका लागि कुनै पनि नेपालीले विदेश धाउनुपर्ने अवस्था र बाध्यता नरहेको नर्भिकका वरिष्ठ चिकित्सक तथा पेटरोग विशेषज्ञ डा. मधु घिमिरेले बताए । नर्भिकले यस घटनाले विगतमा तत्कालीन राष्ट्रपतिलाई मुलुकमा कोलोनोस्कोपी प्रविधि नभएको भन्दै जापान पठाइएको घटनालाई स्मरण गराएको समेत उल्लेख गरेको छ । (कान्तिपुर बाट )

प्रतिकृया दिनुहोस

नेपालकै पहिलो लोक सांस्कृतिक तथा पर्यटन महोत्सव नवलपरासीमा हुने

दौतरी एफ एम नवलपरासी पुस २३ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा नवलपरासीको आयोजनामा  प्रथम लोक सांस्कृतिक एवं पर्यटन महोत्सव

अमित बराललाई नवलपरासीमा भब्य सम्मान गरिने

नारायण भण्डारी नवलपरासी मंसिर २६ नेपाल आईडल सिजन टु का उत्कृष्ट पांच प्रतिस्पर्धी बनेका अमित बराललाई आज नवलपरासीमा भब्य सम्मान गरिने भएको छ । अमित

धोकेबाज प्रेमिकाको सम्झनामा रोए कृष्ण

  नारायण भण्डारी नवलपरासी मंसिर २४ बैदेशिक रोजगारको शिलसिलामा दक्षिण कोरिया गएका गुल्मी अस्लेवाका कृष्ण पाण्डे क्षेत्री  प्रमिकाले धोका