• २०७५-८-२६ , बुधबार/ Wednesday 12-12-18
  • 02:12:29

राजनितिको संस्कृति र संभावना

अनिल चन्द्र अधिकारी
बर्दघाट १० नवलपरासी

          राजनिति सहि ढंगले गरिएन वा गर्न जानिएन भने त्यसले कहिल्यै पनि समृद्धि ल्याउन सक्दैन । यो तथ्य सदियौ देखि पुष्टि हुदै आईरहेको छ । गलत राजनितिक परिपाटी रहिरहदा सम्म यसको उदाहरण खोज्न हामी अरु कुनै देश गईरहनु पर्दैन । फेरी पनि मुलुकले केन्द्रिय शक्तिलाई विकेन्द्रिकृत गरी शक्तिलाई स्थानिय तहमा स्थानान्तरण गरिरहेको अबस्थामा स्थानिय सरकारका संयन्त्रहरु सहि ढंगले  परिचालन हुन नसक्दा अपेक्षित उपलब्धि कहि कतै हुन सकिरहेको छैन । पारदर्शिता सवैभन्दा महत्वपूर्ण पक्ष हो । केन्द्रिय सरकारले तय गरेका अनेकौं परिधिको वास्ता नगरि आफ्नो अनुकुलका गतिविधिहरु संचालन गरि त्यसको बारेमा सहि सुचना समेतको ख्याल नगरी आर्थिक अपारदर्शिताको पर्याय बने जस्तो देखिन्छ अहिलेको स्थानिय सरकार । चुनावमा ब्यक्तिगत सहयोग गरेका साना साना झुण्डमा विकासका टुक्राहरु बांडेजस्तो देखिन्छ । जन चाहना विपरित आफ्नो ढंगले रवाफमा निर्णय गरेको भान आम जनमानसले गरिरहेको परिवेश हाम्रा छर्लङग छ । नेतृत्वको खासै राम्रो चर्चा कहि कतै सुन्न नपाईनु आम नागरिकका निमित्त नैरास्यता हो । बरु केन्द्रिय सरकारका केहि मन्त्रीहरुका उदाहरणिय सोच र योजनाले मन छुन सकेको छ र धेरै हद सम्म जनता ति पात्र प्रति आशावादि पनि रहेका छन् । 
 

बर्तमान परिवेशमा स्थानिय नेतृत्व संग कृतज्ञ हुन पाउनु आम नागरिकको अधिकार हो । जन जनको विचार बुझि विभिन्न दलका बुझ्रुक नेताहरु संग अन्तरक्रिया गरी कार्यक्रमहरुको तय गर्दा सन्देश राम्रो जाने गर्दछ । तर यथार्थमा यस्तो हुन सकिरहेको छैन । आफु सम्बन्धित दलहरु भित्र समेत छलफल नगरी मनोमानी ढंगले चन्दाको शैलिमा कार्यक्रम बांडेर आफुलाई मालिक प्रमाणित गर्ने परिपाटी बाट जनता आक्रान्त भैरहेका छन् । पछिल्लो समय लगभग पञ्चे शैलिमा अंगिकार गरी योजना विहिन कार्यक्रम तर्जुमा गरिरहेको जस्तो देखिन्छ । राजनितिक नेतृत्वहरु बाट जानेर वा नजानेर हुनुपर्ने शैलिमा काम पटक्कै भएको देखिदैन । अझ मसिनोगरी भन्दा बजेटको दोहन मात्र भैरहेको छ । चाहे त्यो सडक ग्राविलको काम होस चाहे पिच र तटबन्धको कामनै किन नहोस छानी छानी ब्यक्तिगत सम्बन्धका आधारमा अधिकतम गतिविधिहरु भैरहेका छन् । कहि कतै जनताको प्रत्यक्ष संलग्नतामा भएको देखिदैन यदि भैहालेको छ भने पनि बुझ्न नसक्ने सोझा जनताको प्रयोग भएको छ जसले कहि कतै कुनैपनि विषयमा आवाज उठाउन सकिरहेका हुदैनन्  । सांघुरिएर तथ्यहरु केलाउदा भने नमिठो परिदृष्य देखिन पुग्दछ । त्यो के भने बजेट दोहन पश्चात त्यसको केहि अंश भोज भतेरमा सडक छेउछाउका रेष्टुरांहरुमा देख्न सकिन्छ । घुमेर खल्तीमा जाने अंशको बारेमा जनताले मात्र अनुमान लगाउन सक्छन् । प्रमाणहरु खोज्ने संयन्त्र सायद सक्रिय छैन अहिलेको परिवेशमा । 

      सडक, खानेपानी, शिक्षामा बजेट छरिनुलाई मात्र जनता विकासको सुचक मान्न तयार छैनन् । त्यस भित्रको पारदर्शिता आम जनताको  खोजीको विषय हो । झुण्ड झुण्डको बसाईलाई जनता अन्तरकृया मान्न तयार छैनन् । खाना पस्केको बेला डाडु पनियो जनतालाई देखाउनुपर्दछ । समाजमा अनेक कर्तुतहरुको चिरफारमा बुझ्रुकको प्रयोग गर्नुपर्दछ । भ्रष्टाचार शुन्य पार्न अनेकौ अन्तरक्रियाको आयोजनामा लाग्नुपर्दछ । खांचो पहिलो पाहिलाको हो जुन नेतृत्व तहबाटै सुरु हुनुपर्दछ । त्यो पाईला ईमान्दारिताको हुनुपर्दछ । खाडि मुलुकमा ५० डिग्रीको तापक्रममा काम गरी संचित रेमिटान्स र कृषकको रगत पसिनाले अर्थतन्त्रको मेरुदण्ड अडिएको यो देशमा छातिमा हात राखी  आफ्ना सन्ततिको कसम खाएर ईमान्दारिताको विगुल फुक्नु पर्दछ । जनता त्यस खालको नेतृत्वलाई सलाम गर्नेछन् तिनिहरुकै अनुयायी समेत बन्नेछन् । ब्यभिचारी , दुराचारी , भ्रष्ट मति भएका मदिरापानको कुलतमा रहेका र आफ्नो सन्तानको मात्रै वृत्ति विकास बारेमा योजना बनाउने राजनैतिक नेतृत्व हावी रहदा सम्म आम नागरिकको जीवनस्तरमा कुनै सुधार आउने लक्षण देखिदैन । 

         ईतिहासका पानाहरु पल्टाईरहदा असली राजनितक पात्रहरु प्राय कि लामो समय सम्म शक्तिमा रहेनन् कि अकालमै ज्यान गुमाउन पुगेका छन् । पार्टीमा खरो अभिब्यक्ती नदिएर सस्तो लोकप्रियताबाट मात्र नेतृत्वमा पुगेका र  राजनितिलाई पारिवारिक शक्तिको पर्याय बनाउने नेताहरुमा नै प्राय हाम्रो देशको राजनिति घुमिरह्यो । केहिले भने पुर्खेउली  सम्पत्तिमा जांड रक्सी खुवाएर हुल्याहा जमात बटुली पार्टी भित्र होडलो मच्चाएर पनि राजनितिक शक्ति हातपारेका उदाहरणहरु पनी प्रसस्त छन् । यसरी हेर्दा प्राय जसो नेतृत्व शिद्धान्तले भन्दा पनि अन्य शक्ति र दौडधुपका कारण शिखरमा पुगेका देखिन्छन् । प्राय आर्सिवाद नाता सम्बन्ध र पैसाको कारण हुने चलखेलले बर्तमान राजनितिलाई आक्रान्त पारेको छ । अधिकांश नेताका छोरा छोरीले अनेकौ किसिमका छात्रबृत्तिहरुको दोहन गरिरहेका छन् । चाहे राणा शासनको अन्त्य गर्दा होस चाहे पञ्चायतको अन्त्य गर्दा जनतामा भएको उत्साह अहिले राजतन्त्र फालि गणत्रान्त्रीक मुलुक बनिरहदा छैन । कारण जनताले लामो परिक्षण पछि राजनितिक दल प्रतिको विश्वसनियतामा शंका गर्न थालेका छन् । जसको कारण मुलुकको बागडोर पांच बर्ष निरन्तर सम्हाल्ने जीम्मेवारी कुनै दलले पनि पाएनन् । 

          पछिल्लो समय दुई कम्युनिष्ट पार्टिको एकिरणलाई भने आम नागरिकिकले चासोको रुपमा हेरेका छन् । फेरि पनि जनमत जित्ने काम अवको दिनमा त्यत्ति सहज हुने छैन । नेतृत्वका कर्तुत हरुलाई सामाज संजाल मार्फत छरपस्ट पार्न थालइएका  छन् । खोक्रो आदर्शता प्रति जनताको कुनै सहानुभुति रहन छोडेको छ । त्यसकारण पार्टीहरुले अब आफ्नो बंशिय शैलि त्यागेर जनचाहना अनुरुपका नेतृत्व चयन गर्नुपर्ने समय आएको छ । शहिदको सम्झना गरेर १ मिनेट मौन  धारणमा मात्र सिमित नरहेर तिनै शहिदका सन्ततिको उत्थान हुने गरी राष्ट्रको बृहत्तर विकासका योजना बनाएर आम नागरिकलाई विस्वसनिय बनाउन सकेको खण्डमा हामी गर्व गर्न लायक मुलुकका नागरिक बन्ने छौं । त्यतिबेला हामी हाम्रा ईमानदार नेताहरुले गर्न नसकेका र गर्न नभ्याएका कामहरु प्रति पनि सकारात्मक रुपमा टिप्पणी गरिरहेका हुनेछौं । कमिकमजोरीमा नेतालाई मात्र दोष नथोपरी नागरिकका कर्तब्यका विषयमा गहन छलफल गरी रहेका हुनेछौं । जसको लागि पहिलो कदम आजकै राजनितिक नेतृत्वले लिनुपर्नेछ । बास्तविक समृद्धिको सपना राजनितिक नेतृत्वले देख्नु पर्दछ । गुटगत भन्दा विचारको राजनिति माथि रही आफु र आफ्नो परिवारलाई मात्र राज्य संयन्त्रको ढुकुटी प्रयोग नगरी समानान्तर र समावेशी ढंगले योजनाबद्ध कार्यक्रमहरु लिएर जनतामाझ लोकप्रिय हुन चाहने एक कुशल नेतृत्व आम नागरिकको तृष्णा बनेको छ । 

प्रतिकृया दिनुहोस

लाखौ‌ रुपैयामा विक्रि हुन्छ मेलामा सँस्थाको नाम

वि‍.एन. सौगात बर्दघाट  हिजो आज जताततै मेला महोत्सवको रौनक छाएको छ । देशका विभिन्न ठाउहरुमा महोत्सव लागिरहेका छन् । प्राय: सवै महोत्सवमा केहि न

यात्रा, दृश्य र भविष्य

    दिनानाथ पौडेल  बर्दघाट–१३ , नवलपरासी      बर्दघाट अवस्थित न्यू लाईफ माध्यमिक विद्यालयले आफ्ना शिक्षक शिक्षिकाहरुलाई पूर्र्वी

मेराे यादमा बडादशैं

लेखकः गणेश पाण्डे 'शिसम' नवरात्रीको अन्तिम दिन अर्थात दशौं दिनका दिन असत्य माथी सत्यको विजयउत्सवका रुपमा मनाईने हिन्दु धार्मीक मान्यता अनुरुपको