• २०७५-६-१० , बुधबार/ Wednesday 09-26-18
  • 09:09:29

तस्बिर : ३० देखि ३९ बर्षका हामीयुवाहरुको

दिनानाथ पौडेल

बर्दघाट १३, नवलपरासी

    करिब ३४ बर्षका किम जोंग उन उत्तर कोरियाका सर्बोच्च नेता हुन् । ३९ बर्षीय युवा नेता इम्यान्युल म्याक्रोनलाई फ्रान्सेली नागरिकले कार्यकारी रास्ट्रपतिको रुपमा चुनेका छन् । फेसबुक सफ्टवेयरको  विकास गरि ३३ बर्षीय अमेरिकन नागरिक मार्क जुकरबर्गले नाम, दाम र मानकमाइसकेका छन् । विश्वभरिका अत्यन्त उर्जावान, कर्तव्यनिष्ठ,शंघर्षसिलयुवायुवतीहरु तीसको दशक भित्र पर्दछन । जीवनको एकदमै उर्जावान पिरियड तथा  भावी दिनहरुको आधारशिलाका रुपमा हेरिने  तीस दशकको अन्तिम २ बर्ष मात्र यस पंक्तिकारसंग रहदा खासै उल्लेखीय काम तथा आगामी दिनहरुको प्रस्ट तस्विरहरु समेत नदेखिदा जीवनको ‘स्टेरिंग’ अझै फेला पार्न नसकेको जस्तो अनुभूति भइरहेको छ । यस उमेर समुहका करिब ७५ प्रतिसत युवायुवती रोजीरोटीका लागि बिदेशिनु पर्ने हाम्रो देशको आवस्थालाई  दिशा निर्देश गर्ने “म्याग्नेटिक कम्पास”  बिग्रिएको जहाजको भविष्यसंग तुलना गर्दा निराशाबादी भन्दा यथार्थपरक नेपाली तस्बिर कोरिन्छ ।
          बिकसित देशहरुमा बिधार्थीहरुको रुची अनुसार क्षेत्र पहिचान तथा त्यस क्षेत्रमै पेशागत दक्षता आउने गरि सिकाइको कार्य हुन्छ । उदाहरणको लागि प्राबिधि , कला, खेलकुद, संगीत, बिज्ञान, आदी जस्ता  क्षेत्र मध्ये कुनमा बिधार्थीको बिशेष चाहाना छ त्यसै अनुसार अध्ययन अध्यापन गरिने हुदा सिकाइको प्रभावकारितासंगै भविष्यको लक्ष्य निर्धारण भइसकेको हुन्छ । कतिपय देशहरुले बिधालय शिक्षा पश्चात विधार्थीहरु श्रमसंग जोडिनुपर्ने पद्दति अङ्गीकार गरेका छन् । बिधार्थीमा रहेको अन्तरनिहित क्षमताको खोजि, त्यसको प्रस्फुटन तथा तदनुसार भविष्यको लक्ष्य निर्धारण बिधालय शिक्षाले गर्ने हुदा उदेश्य केन्द्रित मानवस्रोतको निर्माण भएको हुन्छ । युवा अवस्था अर्थात २० बर्षमुनिका बिधार्थीहरुले आफ्नो जीवनको लक्ष्य तय गरिसकेका हुन्छन् ।  

  नेपालको अर्थतन्त्रलाई धान्ने गरि  रेमिटेन्स भित्र्याउन सफल यी वयस्कहरुको चालिस र पचासको दशकको जीवनको गोरेटो भने अनिश्चित नै देखिन्छ । कतिपयले चालीसको दशक पनि बिदेशमै बिताउछन भने कति नेपाल फर्किन्छन । प्रबिधि तथा  औधोगिक वातावरणमा सिकेको ज्ञान, शिप अनुसारको काम नेपालमा नहुने हुदा उनीहरुले आर्जन गरेको क्षमताको आफ्नो जन्मभूमिमा खासै  महत्व र मूल्य राख्दैन । अर्कोकुरा के छ भने औधोगिक तथा प्राबिधिक वातावरणमा असुरक्षित तरिकाले काम गर्दाखेरिको असर बिदेशमै रहदाखेरि वा नेपालमा फर्किए पछि क्रमशः देखिने हुदा अस्वस्थ जीवन जिउन बिवस हुनुको अर्को विकल्प हुदैन । खुसि र सन्तुष्टि बुढेसकाललाई साँच्दै वयस्क जीवनमा  श्रीमती तथा  परिवारबाट छुट्टीदाको पिडा दबाउदै वा भनौ   मुटु माथि छुरा रोपी गाइएको गीत “ साईली साईली.....चालिस काटे पछि रमाउला  ” को भाव र मर्म व्यवहारिक जीवनमा रुपान्तरित हुन नपाई जीवन सकिने छ ।


           दुखको कुरा हाम्रो देशमा अभ्यास भइरहेको शिक्षा पद्दतिले बिधार्थीहरुको जीवनको लक्ष्य निर्धारण गर्न सकेको छैन । बिधार्थीहरु बिना लक्ष्य शिक्षा आर्जन गरिरहेका हुन्छन ।  मन्टेश्वरीदेखि प्राथमिक तहसम्म  अध्ययन गर्ने   बिधार्थीहरुलाई के बन्छौ भनि प्रश्न गर्दा डाक्टर, इन्जीनियर, बैंकको म्यानेजर, पाइलट आदी जस्ता जवाफ दिन्छन तर माध्यमिक तहमा पढ्ने बिधार्थीले प्रस्ट जवाफ दिदैनन् । कुनै बिषयमा विशिष्टता हासिल हुने गरि अध्ययन गरिने  स्नातक तथा  स्नातकोत्तर तहमा अध्ययन गर्ने बिधार्थीहरुको जीवनको स्पष्ट लक्ष्य भेटिदैन ।  नपढेका युवायुवतीहरुको समस्या त छदैछ, पढेलेखेकाहरुको पनि झन् धेरै छ । २० बर्षमुनि नै गरिनु पर्ने लक्ष्य निर्धारण ४० बर्षसम्म पुग्दा पनि हुन नसक्नु हामी नेपालीको दुर्भाग्य नै हो । ४० बर्ष पछिको जीवन त तीसको दशकमा आर्जन गरेको पेशागत ज्ञान, शिप, क्षमता तथा  अनुभवलाई भजाएर बिताउने हो भनि जानकारहरु बिश्लेषण गर्दछन ।
         २० को दशक ( २० बर्ष देखि २९ बर्ष सम्म ) लाई बाल्यकालदेखि सुरुभएको शिक्षाको समाप्तिको रुपमा हेरिन्छ भने ३० को दशक (३० बर्ष देखि ३९ बर्ष सम्म ) लाई २० बर्षमुनि निर्धारण गरिएको “लक्ष्य प्राप्ति”, पदीय स्थिरता  अर्थात्  “स्टाटस को” प्राप्ति,  जीवनको स्थायित्व तथा भावी दिनको आधारशिलाको रुपमा परिभाषित गरिन्छ ।    

Image result for युवा
    यस आलेखमा ३० देखि ३९ बर्ष समुहभित्र पर्ने नेपाली वयस्कहरुको  जीवनगाथालाई प्रस्तुत गर्न खोजिएको छ । सर्वप्रथम पढेलेखेका अर्थात् स्नातक तथा स्नातकोत्तरसम्म अध्ययन गरेका व्यक्तिहरुको जीवनवाट सुरु गरौ ।  उच्च शिक्षा हासिल गरेर पनि अधिकांश नेपाली  सुनिस्चित भविष्यको खोजीमा बिकसित  देश प्रवेश तथा त्यहि स्थाई बसोबास गर्ने सोचवाट ग्रस्त छन् । विदेश यात्रामा  कतिपयले सफलता प्राप्त गरेका छन् भने धेरैले जटिलताको सामना गरेका छन् । सामाजिक, पारिवारिक, आर्थिक तथा हरेक दृष्टिकोणवाट सरकारी जागिरमा प्रवेश गर्ने व्यक्तिहरुको जीवन सफलउन्मुख देखिएको छ । उच्च शिक्षा हासिल गरि कम्तीमा नायव सुब्बा पदमा प्रवेश गरेको व्यक्ति आन्तरिक प्रतिस्पर्धा तथा बढुवामार्फत पनि ४० तथा ५० को दशकसम्म  उपसचिव पद सम्म सहजै पुग्ने हुदा यी व्यक्तिहरु सबै भन्दा भाग्यमानी देखिएका छन् । तर यो संख्या अत्यन्त न्यून भएको हुदा धेरै बहस नगरौं । विभिन्न कारणले विदेश जान पनि नसकेका र सरकारी जागिरमा पनि प्रवेश गर्न नसकी निजी संस्थाहरुमा आबद्द भइरहेका उल्लेख्य संख्या जीवनको प्रगति प्राप्तिमा अलि पछि परेको छ । हीनताबोधले ग्रस्त छ । आफुले गरिरहेको जागिरको विकल्प बारे बढी सोच्ने तर अगाडी बढ्ने आत्मबल नहुदा शिक्षित यो वर्ग मानसिक रुपमा बढी छटपटी रहेको छ ।
         त्यसैगरि जीवनको महत्वपूर्ण पाटो वैवाहिक जीवनको थालनी तथा सन्तान प्राप्तिको आनन्दले  एक प्रकारको वहार जीवनमा आउदछ, जुन तीसको दशकको महत्वपुर्ण विशेषताको हो । परन्तु, वैवाहिक जीवन तथा सन्तान प्राप्तिको खुसिसंगै अधिकांस अलि कम शिक्षा आर्जन गरेका नेपाली युवाहरु खाडी देशको प्रचण्ड गर्मीमा पसिना बगाउनु पर्ने नियति नै बनिसकेको छ । आधारभूत शिक्षा मात्र पढेका करिव ९० प्रतिसत युवाहरु  एकातर्फ  अर्थोपार्जनको निम्ति बिदेशिनु पर्ने वाध्यता  छ भने अर्को तर्फ पारिवारिक सन्तुलन चुनौती बन्न पुगेको छ । सासु बुहारीको चिसो समन्धले बिदेशमा भएपनि  तनावको पारो उच्च नै हुने सहज अनुमान लगाउन सकिन्छ । 
         त्यसैगरी बिदेशीभूमिमा भाषा, जीवन शैली, कानुन जस्ता अनेक  कुराहरुले नेपालीको विदेश जीवन तनावमुक्त छैन । प्रबिधि र औधोगिक वातावरणको अज्ञानताले धेरैलाई पिरोलेको छ, कति अपांग भएका छन् त कतिले ज्यान गुमाएका छन् । अरु देशका कामदारहरुलाई भन्दा नेपालीलाई कम सेवा – सुबिधा र तलब भत्ता दिईनुले मनमा आक्रोश, हीनताबोध र अशान्ति भईरहने खाडी मुलुकमा करिब बीस दशक बिताएका थुप्रै मित्रहरुले बताएका छन् ।
         उल्लेख गर्न लायक अर्को बुलन्द समस्या के छ भने जन्मदाता भएपनि आफ्नो सन्तान हुर्किएको प्रत्यक्ष रुपमा  देख्न नपाएका आमाबुवा र सन्तानहरुबीच भावनात्मक सामिप्यतामा एकदमै कमि आउदछ । आमाबुवा र सन्तानबीच ठुलै खाडल देखा पर्दछ । जन्म दिने आमाबुवाको काख र काँधमा हुर्कन नपाएको बच्चाले सानै उमेरमा बचपन गुमाउने हुदा ऊ रुखो र कठोर स्वभावको हुने हुदा आमाबुवा प्रति आदरभाव राख्दैन । अधिकांस वयस्क पुरुषहरु सन्तानसंग नजिक रहनु पर्ने बेलामा  सन्तानवाट टाढा रहनु पर्ने अवस्थाले पारिवारिक भावनात्मक एकतामा दुरगामी असर पर्ने कुरामा कुनै दुइमत छैन ।      
              कालो कपाल क्रमसः सेतो कपालमा परिणत हुदै जीवनको स्थायित्व प्रदान गर्ने ठानिएको यसै उमेरमा आजभोली ह्वात्तै बढ्दै गरेको समन्ध विच्छेदको शृंखलाले कतिपय वयस्कहरुको जीवनका मिठा सपनाहरुलाई चैत बैशाखको भुमरीले झैँ  तहसनहस परेको छ । सन्तानहरु टुहुरा जस्तै बन्न पुगेकाछन । एकातिरको सपना, अर्को्तिरको नियतिले आघात पारेको छ ।  तनावलाई मत्थर पार्दै पुनः बिवाह गर्दै नव जीवनको थालनी गर्नु पर्ने अवस्था आउनु वास्तवमै बेठिक हो, सहज जीवनको  लक्षण पक्कै होइन ।
           नेपालको अर्थतन्त्रलाई धान्ने गरि  रेमिटेन्स भित्र्याउन सफल यी वयस्कहरुको चालिस र पचासको दशकको जीवनको गोरेटो भने अनिश्चित नै देखिन्छ । कतिपयले चालीसको दशक पनि बिदेशमै बिताउछन भने कति नेपाल फर्किन्छन । प्रबिधि तथा  औधोगिक वातावरणमा सिकेको ज्ञान, शिप अनुसारको काम नेपालमा नहुने हुदा उनीहरुले आर्जन गरेको क्षमताको आफ्नो जन्मभूमिमा खासै  महत्व र मूल्य राख्दैन । अर्कोकुरा के छ भने औधोगिक तथा प्राबिधिक वातावरणमा असुरक्षित तरिकाले काम गर्दाखेरिको असर बिदेशमै रहदाखेरि वा नेपालमा फर्किए पछि क्रमशः देखिने हुदा अस्वस्थ जीवन जिउन बिवस हुनुको अर्को विकल्प हुदैन । खुसि र सन्तुष्टि बुढेसकाललाई साँच्दै वयस्क जीवनमा  श्रीमती तथा  परिवारबाट छुट्टीदाको पिडा दबाउदै वा भनौ   मुटु माथि छुरा रोपी गाइएको गीत “ साईली साईली.....चालिस काटे पछि रमाउला  ” को भाव र मर्म व्यवहारिक जीवनमा रुपान्तरित हुन नपाई जीवन सकिने छ ।
        देशले मलाइ के दियो भन्दा पनि मैले देशलाई के दिए ? यो भनाई आफ्नो ठाउमा एकदम ठिक छ । तर अहिले देशले नेपाली जनताहरुलाई केहि दिने बेला आएको छ । मुख्यतः तीसको दशकका नेपालीहरुलाई । रोजीरोटीका लागि खाडीको उच्च तापक्रममा घोट्टीदा घोट्टीदा प्रजनन शक्ति गुमाउन पुगेका नेपालीहरुको तस्बिरको गहिरो अध्ययन गरि यो देशले आफ्ना सन्तानहरुलाई आफ्नै काखमा राख्ने तर्फ सोच्नु पर्दछ ।जन्मभूमिको नागरिकता त्याग्दै  बेदेशीन बाध्य शिक्षित र बौद्दिक  छोराहरुको गाथा यतिखेर यो रास्ट्रले बुझ्नु पर्दछ । आफ्नो जन्मथलोमा ८ घण्टा पसिना बगाउदा परिवार पाल्न सक्नु  पर्ने छोराले आफ्नै पेट पाल्न नसकिरहेको आवस्थाप्रति यो मुलुकको नेर्तित्व गरिरहेकाहरुले दृष्टिगोचर लगाउनु पर्दछ । शिक्षा, स्वास्थ्य, रोजगार, खाध्यसम्प्रभुता तथा आवास  जस्ता हकलाई मौलिक अधिकारको रुपमा ग्रहण गरेको यो देशको संबिधान अब वास्तविक जीवनमा कार्यान्वन हुनु पर्दछ । यो सरकारले समृद्दिको सपना देखाएको छ,  समृद्दी चुम्नका लागि सर्वप्रथम वयस्कहरुको समस्याको समाधान गर्नु जरुरी छ । यो उमेर समुह अर्थात् उर्जावान तथा गतिशील  मानवस्रोत नेपालमा नरहदा सम्म न नेपाली खुसि हुन्छन् न त समृद्दी प्राप्ति । सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक, प्रशासनिक जस्ता क्षेत्रहरुमाअरु देशका वयस्कहरुले नेर्तित्व गरिरहदा नेपालका वयस्कहरु भने विदेश तिर श्रम र पसिना बेच्न किन बाध्य छन् भन्ने कुराको सल्यक्रियाबिना समृद्दीको सपना विपनामा परिणत हुनै सक्दैन ।    


 

प्रतिकृया दिनुहोस

के हो त ह्रृदयघात ?

सिसम पाण्डे ‘गणेश’ ले डा.हेमन्त राजन्यौपाने संग गरेको कुराकानीमाआधारीत अल्पायुमै मान्छे मरेर जान्छ । अघि भर्खरै सम्म हासेको बोलेको साथीअचानक

बलात्कार ! बलत्कार ! फेरी अर्को बलत्कार !

दिनानाथ पौडेल बर्दघाट– १३ ,नवलपरासी       साच्चै भन्ने हो भने नेपालको इतिहासमा बलत्कार बिरुद्दको क्रान्तिको बिगुल  कन्चनपुर निवासी

जे देखियो  बर्दघाट– बेनीको बस यात्रामा

दिनानाथ पौडेल बर्दघाट–१३, नवलपरासी         बर्दघाटदेखि बेनीको दुरी करिब ३०० किलोमिटर जति छ । विदेशतिर बस यात्रामै यति दुरी करिब ४ घन्टामै