• २०७५-७-५ , सोमबार/ Monday 10-22-18
  • 06:10:34

नवलपुर महोत्सव शुरु  प्रदेश ४ लाई लगानी मैत्री बनाउंछुः मुख्य मन्त्री गुरुङ

नवलपरासी, २३ फाल्गुन ।

प्रदेश ४ का मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश ४ लाई लगानी मैत्री प्रदेश बनाउने बताउनुभएको छ ।बुधबारबाट प्रदेश ४ अन्तरगत रहेको नवलपुर जिल्लाको कावासोतीमा बुधबारबाट शुरु भएको महोत्सवको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।‘कसैले उद्योग खोल्न चाहे कहिले उद्योग मन्त्रालय कहिले वन मन्त्रालय कहिले कुन मन्त्रालय धाउनु पर्ने झन्झटिलो कानुनी प्रावधान छ जसले गर्दा नेपालमा लगानी हुने सकेको छैन ।’ – उनले भने – हामी फाष्टट्राकबाट कानुन ल्याएर प्रदेश ४ लाई लगानी मैत्री बनाउंछौं । उनले नेपालमा लगानी गर्न चाहाने उद्योगीहरुलाई प्रदेश ४ मा आएर लगानी गर्न पनि आग्रह गरे ।  त्यस्तै उनले सरकार गठन भएपनि बजेट नहुंदा प्रयाप्त कर्मचारी नहुंदा काम गर्न समस्या भएको बताए । उनले भने आजको दिनसम्म प्रदेश सरकारसंग कुनै बजेट छैन, कसरी चल्ने कुनै ऐन कानुन छैन, केन्द्रबाट आउनु पर्ने कर्मचारी पनि पठाएको छैन । काम धेरै गर्नु छ ।  त्यस्तै उनले प्रदेश ४ मा प्रयाप्त जलस्रोत रहेको यहांबाट उत्पादित जलविद्युतले सिंगो देशको ५० प्रतिशत माग धानेको तर कुनै रोयल्टी कर नपाएको समेत बताए । उनले २ बर्षभित्र नवलपुर जिल्लामा घरघर शुद्धखानेपानी पुर्याउने र ३ हजार मेघावाट जलविद्युत उत्पादन गरेर उद्योग उद्योगमा २४ सैं घण्टा प्रयाप्त विजुली पुर्याउने बताए । बुधबारबाट शुरु भएको महोत्सव चैत्र ५ गतेसम्म चल्ने छ । नवलपुर उद्योग वाणिज्य संघको आयोजनामा भएको महोत्सवमा २ सय ५० स्टलहरु रहेका छन् ।  महोत्सवमा भविष्यवाणी गर्ने गधा, भुकम्पले क्षतिभएको धरहराको प्रतिमूर्ति प्रर्दशनी, नेपालकै होची महिलाको प्रदर्शनी लगायतका प्रर्दशनीहरु मेलाका मुख्य आकर्षक रहेको छ ।  महोत्सवमा कृषि, पर्यटन, व्यापार, सूचना प्रवृद्धि, विभिन्न जनजातिका कलासंस्कृति झल्कने स्टलहरु रहेका छन् ।  त्यस्तै महोत्सवमा विभिन्न जनजातिका संस्कृति झल्कने घुमाउरे घर लगायतका आकर्षकहरु पनि रहेका छन् ।  महोत्सवमा ३ लाख दर्शकले अवलोकन गर्ने र १० करोडको हाराहारीमा कारोबार हुने आयोजकले लक्ष्य लिएको छ । महोत्सव उद्घाटन पूर्व कावासोतीको थकाली चोकदेखि मेला स्थलसम्म शोभा यात्रा निकालिएको थियो ।

प्रतिकृया दिनुहोस

नवलपरासी बस दुर्घटना अपडेटः मृतकको संख्या ६ पुग्यो

२ असोज  नवलपरासी पूर्वी नवलपरासीको मध्यविन्दु ११ बाहुनीकुनामा भएको बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या ६ पुगेको छ । ईटहरी बाट भैरहवाका लागि

नवलपरासी बस दुर्घटना अपडेट : घाइतेको संख्या ५१ पुग्यो मृतकको सनाखत हुन बांकी

२ असोज नवलपरासी पूवी नवलपरासीको मध्यविन्दु ११ बाहुनीकुनामा भएको बस दुर्घटनामा परि घाईते हुनेको संख्या ५१ पुगेको छ । मृत्यु भएका ५ जनाको अझै सनाखत

पूर्वी नवलपरासीमा बस दुर्घटना ५ जनाको मृत्यु

३ असोज नवलपरासी पूर्वी नवलपरासीको मध्यविन्दु ११ बाहुनीकुनामा बस दुर्घटना हुंदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ भने कम्तीमा ३९ जना घाईते भएका छन् ।