• २०७५-३-१० , आइतबार/ Sunday 06-24-18
  • 03:06:57

ट्रम्प–किम वार्ता स्मरणीय बनाउन सिंगापुरका उच्च अधिकारी उत्तर कोरिया जाँदै

२४ जेठ

सिंगापुरका विदेश मन्त्रीसहितको उच्च सरकारी कुटनीतिज्ञहरूको टोली उत्तर कोरिया जाने भएको छ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रमबीचको वार्ताको तयारीका लागि सिंगापुरको टोली उत्तर कोरिया जान लागेको हो । यही जुन १२ तारिखका दिन ट्रम्प र किमको शिखर वार्ता सिंगापुरमा हुने यसअघि नै तय भइसकेको छ । सिंगापुरको उच्चस्तरीय कूटनीतिज्ञहरूको टोली दुईदिने भ्रमणका लागि बिहिबार उत्तर कोरियाको राजधानी प्योङयाङ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । शिखर वार्ताका लागि वार्तास्थल सिंगापुर, वार्ताका दुई पक्ष अमेरिका र उत्तर कोरियाले आ–आफ्नो तरिकाले तयारी तीव्र पारेका छन् । गत अप्रिल २७ मा दुई कोरियाबीच ऐतिहासिक शिखर वार्तापछि उत्तर कोरिया र अमेरिकाको शिखर वार्ताको तय भएको हो । वार्ताको तय भइसकेपछि पनि केही समय दुई देशका नेताहरूको अविश्वास र आरोप प्रत्यारोपले वार्ता अन्यौलमा परेको थियो । तर नाटकीय ढंगले वार्ताको वातावरण बनेर अहिले वार्ताको तयारी भइरहेको हो । उत्तर कोरियाका उच्च अधिकारीहरूको गत हप्ता भएको भ्रमणको बेलामा ट्रम्पले वार्ता हुने अन्तिम निर्णय सुनाएका थिए । वार्ताको सुनिश्चितताका लागि उत्तर कोरियाको टोली अमेरिकाको वासिङटन गएको थियो । वार्ता सुनिश्चित भएपछि अहिले दुई पक्षीय भ्रमण, उच्चस्तरीय छलफलहरू तीव्ररूपमा भइरहेका छन् ।  विश्वकै ध्यान खिचेको वार्ता अत्यधिक महंगो र सुविधा सम्पन्न होटलमा गराउने सिंगापुरको तयारी छ ।  वार्तालाई नेपाली गोर्खा सेनाले सुरक्षा दिनेछ । (हाम्रा कुरा बाट )

प्रतिकृया दिनुहोस

यो हो दुनियाँकै खास कुकुर, जसले पायो विशेष काममा नियुक्ति

    केही दिनअघि अमेरिकाको बोस्टन म्युजियम अफ फाइन आर्टस्ले एक रिले नामको कुकुरलाई कर्मचारीको रुपमा भर्ना गर्यो । रिले कुकुरलाई संग्राहलयको

१६ करोड डलर ठग्ने ठगलाई १३ हजार वर्ष जेल

एकजना ठगले १३ हजार २ सय ७५ वर्षको जेल सजाय पाएको छ । थाइल्याण्डको एक अदालतले यस्तो सजाय सुनाएको हो । ३४ वर्षको पुडिट किट्टीथ्राडिलोक उच्च मुनाफा प्रदान

रुसी सेनाको विमान सिरियामा दुर्घटना, ३९ जनाको मृत्यु

२३ फागुन रुसी सेनाको कार्गो विमान मंगलबार सिरियामा दुर्घटना हुँदा ३९ जनाको ज्यान गएको छ । रुसको सुरक्षा मन्त्रालयलाई उद्धृत गर्दै रुसका सञ्चार