• २०७५-८-२६ , बुधबार/ Wednesday 12-12-18
  • 02:12:47

प्रधानाध्यापकले गरे महिलाको बलि दिने प्रयास-प्रहरीले मेलमिलापमा टुंगायो

नारायण भण्डारी

२४ , जेठ नवलपरासी

नवलपरासीको प्रतापपुर गाउपालिका वडा नम्बर ३ अमुवामा मानव बलि दिने प्रयास भएको खुलासा भएको छ । अमुवामा रहेको न्यू गोल्डेन लाईफ ईङ्गलिस स्कुल का संचालक तथा प्रिन्सिपल हरेन्द्र बडै शर्माले स्थानिय फुलमति मुसहरलाई बलि दिने प्रयास गरेको बताईएको छ । शर्माले जेठ १८ गते शुक्रबार राती धामी बोलाएर स्कुलको प्राङ्गण अगाडि रहेको टहरोमा करिव ४ फिट गहिरो खाल्डो खनेर विशेष पुजा गरेको र राती करिव १२ बजेको समयमा विद्यालय संगै जोडिएको घरमा रहेकी फुलमतिलाई उनकै देवर÷देउरानी पञ्चराम मुसहर र चन्दा मुसहर लाई प्रयोग गरेर घरबाट लिएर आएको पीडीत फुलमति मुसहरले बताएकी छन् ।

 विशेष पुजा गरिरहेको स्थानमा गहिरो खाल्डो र धारिलो हतियार समेत देखेको र पुजा आजा चलिरहेको हुँदा आफुलाई बलि दिन सक्ने शंका लागेर भागेर स्थानियलाई खबर गरेको उनले बताएकी छन् ।

 स्थानियले घटनाको बारेमा प्रहरीलाई खबर गरेपछि राती २ बजे ईलाका प्रहरी कार्यालय सेमरीको टोली पुग्दा खाडल देखेको र पुजाआजा गरेको पाईएको  प्रहरी नायक निरिक्षक झलक श्रेष्ठले बताउनुभएको छ । स्थानियका अनुसार हरेन्द्रले धामी कृष्ण प्याकुरेलको भनाईमा विस्वास गर्दै खाडल खनेको ठाउमा मानव बलि दिए सोहि ठाँउमा सुन पाईने आसमा विशेष पुजा लगाएर बलि दिन आंटेको बताईएको छ । आरोपित हरेन्द्रले भने आफ्नो श्रीमति लामो समय देखि विरामी भएको र अस्पतालमा उपचार गराउदा सन्चो नभएपछि आफु धामिको शरणमा परेको र धामीकै सल्लाह अनुसार विशेष पुजा गरेको तर बलि दिने आफ्नो नियत नभएको बताएका छन् । उनले धामीको संगतमा पुगेपछि श्रीमतिलाई पनि सन्चो हुदै गएकोले विस्वास गर्न बाध्य भएको बताएका छन् । घटना हुनु पुर्व फुलमतिको परिवार संग हरेन्द्र लगायत देवर पञ्चराम र देउरानी चन्दाको बोलचाल समेत नरहेको र सोही दिन एक्कासी देवर देउरानीले फुलकुमारीलाई जबरजस्ती रातको १२ बजे पुजा स्थलमा लगेको पारिवारिक श्रोतले बताएको छ ।  जेठ १९ गते  स्थानिय भद्र भलाद्मी बसेर दुवै पक्षलाई छलफल गराएको र सहमति जुटाउने प्रयास गरिएकोमा सामान्य मौखिक सहमति भएको स्थानियको भनाई छ । फुलमति ले जेठ १९ गते नै आफुलाई बलि दिने प्रयास गरीएको भनी प्रतापपुर गाँउपालिका  ्न्यायिक समितीमा निवेदन दिन गएको गाँउपालिका उपाध्यक्ष अन्जु कुमारी चौधरीले जानकारी दिनुभयो ।  

घटनाको बारेमा गाउमा सवैतिर हल्ला फैलिएपछि हरेन्द्रले फुलमतिलाई यसको कारण विद्यालयमा असर पुगे ठिक नहुने भन्दै धम्याए पछि २१ गते विहान फुलमतिले ईलाका प्रहरी कार्यालय सेमरीमा निवेदन दिएपछि तथ्य बाहिर आएको हो । ईलाका प्रहरी कार्यालय सेमरीले निवेदक र विपक्षिलाई बोलाएर स्थानिय भद्र भलाद्मीको रोहबरमा सहमती गराएको छ । आपसी झैझगडा नगर्ने र अव उपरान्त कुनै पनि विषयमा कुनै पनि निकायमा उजुर बाजुर गर्न नपाउने भनी सहमति जुटाईएको ईलाका प्रहरी कार्यालय सेमरीका प्रहरी नायक निरिक्षक श्रेष्ठले बताउनुभयो । घटनाको विषयमा प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले सुक्ष्म रुपमा अध्ययन गर्नका लागि निर्देशन दिएको बताउनुभएको छ ।

न्याय माग्दै गाउपालिकामा पुगेकि थिईन फुलमति

न्यू गोल्डेनलाईफ ईङ्गलिस स्कुलका संचालक तथा प्रिन्सिपल हरेन्द्र बडैले आफुलाई बलि दिने प्रयास गरेको भन्दै फुलमतिले गाँउपालिकामा निवेदन समेत दिएकी थिईन । फुलमतिले सामाजीक परिचालकको सहयोगमा हरेन्द्रलाई कारबाहिको माग गर्दै गाँउपालिकामा निवेदन दिएकोे प्रतापपुर गाँउपालिकाकी उपाध्यक्ष अञ्जु कुमारी चौधरीले बताउनुभएको छ । फुलकुमारीले भने अनुसार १८ गते राती एक्कासी आफ्नो देउरानीले ४÷५ पटक बोलाएको र धेरै पटक बोलाएपछि आफु र छोरी संगै विद्यालयको गेट सम्म पुगेकोमा छोरीलाई जान नदिएको बताएकी छन्  ।  आफु पुजा स्थलमा पुग्दा करिव ५ फिट गहिरो खाल्डोमा कपुर अगरबत्ति बालेर पुजा गरेको र नजिकै धारिलो हतियार र अचानो समेत देखेपछि आफु भागेको  फुलमतिले आफुलाई बताएको उपाध्यक्ष चौधरीले जानकारी दिनुभयो । निवेदन प्राप्त भएपछि घटनाको प्रकृतिको विषयमा आफुले गाँउपालिकाका कानुनी सल्लाहकार मित्रलाल लामिछाने र महिला अधिबक्ता सरस्वति शर्मा संग समेत सल्लाह गरेको र कर्तब्य ज्यान मुद्धा जस्तो विषय भएकोले गाँउपालिकामा छलफल गराउन नमिल्ने भनी आफुले प्रहरीकोमा जानको लागि अनुरोध गरेको बताउनुभएको छ । निवेदन दर्ता गराउन पुगेकी फुलमतिले त्रसित मुद्रामा घटनाको सम्पूर्ण विवरण आफुलाई बताएको समेत उपाध्यक्ष चौधरीले बताउनुभयो ।

के के भयो प्रहरी चौकी सेमरीमा ?

हरेन्द्र बडै शर्माले घटनाको बारेमा गाँउभरी हल्ला फैलिएपछि विद्यालयमा केहि असर पुगेमा नराम्रो हुने भनी धम्की दिएपछि फुलमतिले जेठ २१ गते ईलाका प्रहरी कार्यालय सेमरीमा पुगेकी थिईन । सेमरी चौकीमा स्थानिय भद्र भलाद्मी पिडित र बलि काण्डका आरोपित हरेन्द्र सहित सवै चौकी बाहिर छलफलमा थिए । स्थानिय भद्र भलाद्मीले शिक्षित ब्यक्तिले पनि अन्धविस्वासमा परी घटना घटाएकोमा शर्मालाई गाली गर्दै थिए भने पिडित फुलमति भने आफुले न्याय पाउनुपर्ने माग गरिरहेकि थिईन । अन्धविस्वासमा लागेर हरेन्द्रलाई उक्साउने धामी कृष्ण प्याकुरेल पनि प्रहरी परिसरमै थिए । ईलाका प्रहरी कार्यालय सेमरीका ईन्चार्ज झलक श्रेष्ठले धामी प्याकुरेल संग घटनाको विषयमा सोधपुछ समेत गर्नुभएको थियो । लामो छलफल पछि प्रहरीले लिखित रुपमा मेलमिलाप तयार गर्यो तर लिखित मेलमिलापमा नत धामी को प्रसंग उल्लेख छ नत बलि दिने प्रयास सम्बन्धी कुनै शव्द अटेको छ । प्रहरीले सामान्य झैझगडाकैै प्रकृतिमा लिखित सहमति तयार गरी दुवै पक्ष र स्थानिय भद्र भलाद्मी लाई साक्षी राखी हस्ताक्षर गराएर फकाईदियो । जेठ १८ गते राती २ बजे आफुहरु घटनास्थलमा पुग्दा खाडल देखेको र पुजाआजा भएको देखेको प्रहरी नायक निरिक्षक झलक श्रेष्ठले बताउनुभएको छ । नेपालको कानुनले धार्मी झार्की झारफुक अन्धविस्वास र कुरितिलाई अपराधको रुपमा ब्याख्या गरेको छ ।

आफुमाथी अन्याय भयो भनेकी फुलमति अहिले किन घटनाबारे बोल्न चाहदिनन् ?

जेठ १८ गते शुक्रबार राती घटेको घटना गाउभित्र हल्ला भएपनि संचार माध्यममा भने जेठ २२ गते मात्र सार्बजनिक भएको थियो । घटना संचारमाध्यम मार्फत बाहिर आएपछि घटना स्थलमा पुगेका संचारकर्मी संग फुलमती र उनका परिवारका सदस्यहरु कुनै कुरा गर्न नै चाहदैनन् । उनीहरु सामन्य घटना हो मिलिसक्यो भन्ने गरेका छन् । घटनाको बारेमा बास्तविकता बुझ्न घटना स्थल पुगेका संचारकर्मी संग एक स्थानियले आफ्नो नाम नबताउने शर्तमा अहिले पनि फुलमतिलाई लगातार धमकी आईरहेकोले पिडितले घटनाबारे बोल्न नचाहेको बताएका छन् ।

के भन्छन् घटनाको निवेदन दिन सहयोग गरेका सामाजिक परिचालक ,,,

प्रतापुर गाँउपालिका वडा न ३ का सामाजिक परिचालक सुरेन्द्र हरीजनले फुलमतीले भने बमोजिम गाँउपालिका मा घटनाको विवरण बनाइ्र्र निवेदन दिन सहयोग गरेका थिए । उनले निवेदनमा आफुलाई बलि दिने प्रयास गरेको र आफु पीडीत भएको उल्लेख गरेकी थिइन । सामाजिक परिचालक हरीजनले पहिले पीडीत फुलमतीले आफुमाथि भएको घटना सत्य भनेको भएपनि अहिले उनले आफ्रनो घटनालाई लुकाउने प्रयास गरेको बताए । यस्तो जघन्य खालका घटनामा पनि प्रहरीले मेलापत्र गराएकोमा आफुलाई चित्त नबुझेको बताउछन् । पिडित बोल्न नसक्ने छ भन्दैमा न्याय दिने कुरामा अन्याय हुन नहुने उनी बताउछन् ।

 

घटनाले जन्माएका केहि प्रश्न

  1. धामी कृष्ण प्याकुरेल र प्रिन्सिपल हरेन्द्र बडै शर्मा कानुनका कठगरामा उभिन पर्ने कि नपर्ने ?
  2. के यस्तो प्रकृतिको घटनाको गम्भिर अनुसन्धान हुनुपर्दैन ?
  3. प्रहरीले यस्तो प्रकृतिको घटना झैझगडाको रुपमा मेमिलाप गराउन मिल्छ कि मिल्दैन ?
  4. आफु अन्यायमा परेको भन्दै गाउपालिका हुदै प्रहरी चौकी सम्म पुगेकी फुलमति किन सामान्य मिलापत्रमानै चित्तबुझाईन कतै आर्थिक प्रलोभन मा घटना लुकाउन त खोजिएन ?
  5. के यो घटनाको अनुसन्धान भएर सत्य तथ्य बाहिर आउछ त ?
  6. घटना घटेकै होईन भने यस्तो आरोप लाग्दा समेत किन मौन छन् आरोपित हरेन्द्र बडै शर्मा ?  यस्तै यस्तै अनगिन्ती प्रश्नहरु.......

प्रतिकृया दिनुहोस

जिसन स्पोर्टस मिट हुने

प्रमोद अर्याल २३ मंसिर ,बर्दघाट, शैक्षिक ऐक्यवद्धताको समुह नेपाल (जिसन) नवलपरासीको आयोजनामा खेलकुँद कार्यक्रम हुने भएको छ । जिसन स्पोर्टस मिट २०७५

प्रदेश सरकारले एक बर्षमा शिक्षा निति तयार गर्छ : मुख्यमन्त्री पोखरेल

नवलपरासी मंसिर १७ प्रदेश नम्बर ५ का मुख्य मन्त्री संकर पोखरेलले परम्परागत शिक्षाले नेतृत्व विकास गर्न नसक्ने बताउनुभएको छ । पश्चिम नवलपरासीको

न्यूलाईफमा विज्ञान प्रदर्शनी

बर्दघाट मंसिर १४ बर्दघाटमा रहेको न्यूलाईफ मा.वि मा विज्ञान प्रदर्शनी सम्पन्न भएको छ । विद्यार्थीहरुले आफैले बनाएका विभिन्न प्रविधिहरु पदर्शनी