• २०७५-८-२६ , बुधबार/ Wednesday 12-12-18
  • 01:12:53

हिलपार्कमा २ करोड लागतमा जनजाति संग्रहालय बन्दै

२६ जेठ, बुटवल

बुटवलको पर्यटकीय स्थल हिलपार्कमा २ करोड लागतमा जनजाति संग्रहालय बन्ने भएको छ । संग्रहालय निर्माणका लागि हङकङमा रहेका नेपालीहरुको संस्था हिलपार्क सहयोग समिति हङकङले ४७ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । प्रदेश सरकारका पर्यटन मन्त्री लिला गिरी र बुटवल हिलपार्क परिषद्का अध्यक्ष भिम तुलाचनलाई बुटवल हिलपार्क सहयोग समिति हङकङका संयोजक हेमराज थापा, सह-संयोजक पुरन खड्का, कोषाध्यक्ष गणेशजंग राना लगायतले शनिबार संयुक्तरुपमा चेक हस्तान्तरण गरेका हुन् । सो अवसरमा बोल्दै पर्यटनमन्त्री गिरीले जनजाति संग्रहालय निर्माणले हिलपार्कको पयर्टकयीय महत्व फराकिलो बन्ने बताए । उनले प्रदेश सरकारले समेत संग्रहालय निर्माणमा सक्दो वजेट छुट्टाउने आश्वासन दिए । हिलपार्क सहयोग समिति हङ्गकङ्गका अध्यक्ष हेमराज थापाले जनजाति संग्राहलयलाई देशकै नमूना बनाउन आफूहरुले रकम संकलन गरेेको स्पष्ट पार्दै संग्रहालय निर्माणसंगै सहयोगलाई निरन्तरता दिने बताए । सो अवसरमा प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले जनजाति संग्रहालय निर्माणपछि हिलपार्कको मुहार फेरिने बताए । बुटवल उपमहानगरका मेयर शिवराज सुवेदीले हिलपार्कलाई बुटवलको समृद्धिसँग जोड्न आवश्यक रहेको बताए । संग्रहालयमा नेपालका सबै आदिवामसी जनजातिका मौलिक परम्परा, संस्कृति, भेषभुषा, रीतिरिवाजसँग सम्बन्धित वस्तुहरु राखिने छन् । संग्रहालय निर्माणको काम छिट्टै शुरु गरिने संयोजक थापाले बताए ।(अनलाइनखबर बाट)

प्रतिकृया दिनुहोस

अर्घाखाँचीमा पाँच वर्षिया बालिका बलात्कृत

२२ मंसिर, बुटवल अर्घाखाँचीको शितगंगा नगरपालिकाकी एक पाँच वर्षीया बालिका बलात्कृत भएकी छन् । बलात्कारको अभियोगमा प्रहरीले १ जनालाई नियन्त्रणमा

रूपन्देहीमा ५ वर्षीया बालिकाको सामूहिक बलात्कार

२२ मंसिर, बुटवल महिला हिंसाबिरुद्धको १६ दिने अभियान चलिरहेका बेला रूपन्देहीमा ५ वर्षीया बालिका सामूहिक रुपमा बलात्कृत भएकी छन् । देवदह

प्रदेश ५ का १५ लाख नागरिक बहुआयामिक गरिबी

१७ मंसिर, बुटवल प्रदेश ५ का १२ जिल्ला मध्ये कपिलवस्तुमा गरिबीको रेखामुनि रहेको जनसंख्या अनुपात सबैभन्दा बढी देखिएको छ । अन्य ११ जिल्लाको तुलनामा