• २०७५-३-१० , आइतबार/ Sunday 06-24-18
  • 03:06:03

सुस्तामा शुद्ध खानेपानीका लागि पहल भईरहेको छ- अध्यक्ष पाण्डे

मोहन पौडेल 

२७ जेठ,सुस्ता    

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाका सवै नागरिकलाई शुद्ध खानेपानीको पहुँचमा पुराउन पहल गरिरहेको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनुभएको छ । गाउँपालिकाका पाँच वटै वडामा खानेपानी आयोजनाहरु निर्माणाधिन अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो । १९ औँ राष्ट्रिय सरसफाई सप्ताहको अवसरमा सामुदायिक रेडियो परासी र सुस्ता गाउँपालिकाको संयुक्त आयोजनामा आज सुस्ता गाउँपालिकामा भएको खानेपानी र सरसफाईको अवस्था र अवको योजना विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष पाण्डेले सो कुरा बताउनुभएको हो ।अध्यक्ष पाण्डेले फोहोर व्यवस्थापनको क्रममा प्लाष्टिक मुक्त गाउँपालिका बनाउने अभियान पनि सुरु गरेको बताउनुभयो । चेतनाको अभावले गाउँबासीले यत्रतत्र फोहोर फ्याक्ने गरेको भन्दै उहाँले नागरिकले पनि फोहोर व्यवस्थापनमा सचेत हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सुस्ता गाउँपालिका वडा नं. २ का वडाध्यक्ष कृष्णलाल मुखिया, वडा नं. ३ का वडाध्यक्ष राजकुमार महत्तो, गाउँपालिकाका लेखापाल गणेश घिमिरे, स्वास्थ्य शखाका मुक्तिराम बस्याल, सामुदायिक रेडियो परासीका प्रवन्ध निर्देशक मेघराज गौतम, महेन्द्र मावि कुडियाका प्रधानाध्यापक भुपनारायण चौधरी, जनता दलित आधारभुत विद्यालय सुस्ताका प्रधानाध्यापक उदय रुचाल, त्रिवेणी बहुमुखि सहकारी संस्थाका व्यवस्थापक यज्ञप्रसाद उपाध्याय, महिला नेतृ ईन्दीरा पंगेनी लगायतले गाउँपालिकाको खानेपानी र सरसफाईको अवस्थाको बारेमा प्रकाश पार्नुभएको थियो ।

प्रतिकृया दिनुहोस

सवारी साधनको बाक्लो चापले सुरक्षा चुनैती

नवलपरासी प्रतापपुरस्थीत गण्डक नहर किनारमा रहेको बेलाटारी चोकमा सवारी साधनको बाक्लो चापले सुरक्षा चुनैती र पैदल यात्रुलाई समस्या पर्दै गएको छ ।

जथाभावि छाडा चौपाया छाडिदा कृषकका वाली नालीमा हानी नोक्सानी

नवलपरासी बर्दघाट नगरपालिका भित्र जथाभावि छाडा चौपाया छाडिदा कृषकका वाली नालीमा हानी नोक्सानी पु¥याएको छ । किसानहरुले दुःख गरी माना छरेर मुरी

ट्रकको ठक्करबाट एकको मृत्यु

नवलपुरको अमरापूरीमा हेभी ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा देवचूली नगरपालिका १४ का २२ वर्षीय मुकेश सापकोटा रहेका छन् । गैंडाकोट