• २०७५-३-१० , आइतबार/ Sunday 06-24-18
  • 03:06:21

सुस्ता गाउपालिका प्रमुख पाण्डेलाई जनकारवाहि

२७ जेठ, सुस्ता 

सुस्ता गाउपालिका प्रमुख रामप्रसाद पाण्डेलाई जनकारवाहि स्वरुप कालोमोसो दलिएको विप्लव निकट नवलपरासी जनपरिषदले जनाएको छ । गाउपालिका अध्यक्ष पाण्डेलाई ७ वटा कारण खुलाएर जनकारवाहि गरिएको जनाएईएको छ । आफु घरमै  रहेको समयमा विहान ८ः५५ बजे तिर केहि ब्यक्तिले फाईल लिएर आएको र आफुले फाईल हेर्दै  गर्दा आफुमाथी दुब्यबहारको प्रयास भएको पाण्डेले बताउनुभयो । करिव ३ महिना अगाडि राजीनामा माग गरी पत्र आएको समेत पाण्डेले बताउनुभएको छ । दलाल राज्य सत्ता मतियार बनी राज्य सत्ता आतंक शिर्जना गर्न स्थानिय तहमा सक्रिय रहेको, गाउपालिका भित्र चर्को कर असुली आम जनताहरुको ढाड सेक्ने गरी थला पारेको , प्राकृतिक श्रोत साधन गिट्टी बालुवा ढुंगा र काठ अत्याधिक दोहन गरी मोटो रकम कमिसन खाएको , बोर्डिङका नाममा जनतासंग चर्को असुली उठाई शिक्षालाई ब्यापारीकरण एवं शैंक्षिक माफिया भएको, कथित स्थानिय चुनावमा लाखौ रकम खर्च गरी जनतालाई विभिन्न प्रलोभनमा पारेको, जिल्ला जनपरिषदले पटक पटक राजीनामा दिन पत्राचार गर्दा वेवास्ता गरेको, आम गाउपालिका भित्र बसोकास गर्ने सुकुम्बासीलाई षड्यन्त्र पुर्वक विस्थापित गर्न खोजेको भन्दै पाण्डेलाई जनकारबाहि गरेको जनपरिषदले उल्लेख गरेको छ । जनरिषदको तर्फबाट पाण्डेलाई रामप्रसाद पाण्डेलाई जनकारवाहि किन लेखिएको फाईल बुझाईएको थियो । दुब्यबहार गर्न खोज्ने हरुको पहिचान भने हुन सकेको छैन । चार जनाको समुहमा २ वटा मोटरसाईकलामा आएका ब्यक्तिहरुले करिव २० देखि ३० सेकेण्डको समय भित्र आफुलाई फाईल बुझाई दुब्यबहार गर्ने प्रयास गरी मोटर साईकलामा भागेको पाण्डेले बताउनुभयो । पछिल्लो समय विप्लव नेकपाले देशका विभिन्न स्थानिय तहका प्रमुखहरुलाई कालोमोसो दल्ने कार्यलाई निरन्तरता दिएको छ ।  
 

प्रतिकृया दिनुहोस

सवारी साधनको बाक्लो चापले सुरक्षा चुनैती

नवलपरासी प्रतापपुरस्थीत गण्डक नहर किनारमा रहेको बेलाटारी चोकमा सवारी साधनको बाक्लो चापले सुरक्षा चुनैती र पैदल यात्रुलाई समस्या पर्दै गएको छ ।

जथाभावि छाडा चौपाया छाडिदा कृषकका वाली नालीमा हानी नोक्सानी

नवलपरासी बर्दघाट नगरपालिका भित्र जथाभावि छाडा चौपाया छाडिदा कृषकका वाली नालीमा हानी नोक्सानी पु¥याएको छ । किसानहरुले दुःख गरी माना छरेर मुरी

ट्रकको ठक्करबाट एकको मृत्यु

नवलपुरको अमरापूरीमा हेभी ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा देवचूली नगरपालिका १४ का २२ वर्षीय मुकेश सापकोटा रहेका छन् । गैंडाकोट