• २०७५-२-१४ , सोमबार/ Monday 05-28-18
  • 12:05:44

महिला अधिकार प्राप्तिका लागी संघर्ष


सिमा गिरी

अहिले हामी अन्र्तराष्ट्रिय नारी दिवस मनाइ रहेका छौ । यो अहिलेको समयमा विश्वभरी पर्वको रुपमा मनाइन थालिएको छ । यो नारी दिवस मनाइनमा पनि धेरै महिलाहरुको त्याग तपस्या बलिदानी र उमेर खर्चेका थिए । सन् १९११ बाट बिधिबत रुपमा मनाइदै आएको यो नारी दिवस यहाँ सम्म पुग्दा धेरै उतारचढाव भोग्दै आएको छ । अमेरिकाको न्यूयोर्क शहरको कपडा मिलका महिला मजदुरहरुले सन् १८९७ मार्च ८ का दिन ८ घण्टा काम र समान कामको समान मजदुरी,महिला मजदुरलाई पनि ट्रेड यूनियनको अधिकार,मातृशिशुको सुरक्षा र मताधिकारको अधिकार लागयतका माग राखि सुरुमा ¥याली,सभा र पछि आम हड्ताल सम्म गरेका थिए । यहि नै महिलाहरुको संगठित र पहिलो विद्रोह हो । यसरी सुरु भएको महिलाहरुको संगठित विद्रोह सन् १९०७ मा गएर समाजवादी महिलाहरुले क्लाराजेटीकनको नेतृत्वमा जर्मनको स्टगार्डमा पहिलो सम्मेलन भयो । यहाँ १५ देशका ५६ महिलाहरुको सहभागी भएको थियो । यतिमा अधिकारहरु पाएका थिएनन । अझै आन्दोलन शसक्त बनाउदै जादा १९०९ को ८ मार्चमा आन्दोलनबाटै केहि अधिकार प्राप्त भए । यहि दिनको सम्झना स्वरुप भनौ अथवा संगठित महिला आन्दोलनभएको दिनको सम्झना स्वरुप ८ मार्चलाई महिला श्रमिक दिवस बनाउनको लागि १९१० को ८ मार्चमा डेनमार्कको राजधानी कोपनहेगनमा भएको दोस्रो अन्र्तराष्ट्रि निणर्य गरेको थियो । यसको एक बर्ष पछि अथवा १९११ को ८ मार्चबाट ससंसार भरीका महिलाहरुले यो दिवस मनाउदै आएका छन् ।


                बर्षौ देखि अवशर बाट बञ्चीत हुदै आयका महीला हरूलाई कानुनि ब्यवस्था ले मात्र तत्काल समान सहभागिता को अवस्था मा पुराउन सकीदैन । महिला र पुरूष विच शारिरिक फरक पन त छ तर यसको अर्थ पुरूष भन्दा महीला कमजोर भन्ने चाहि होईन । पहीलो तथ्याङ्क अनुसार नेपालमा ५६.०४ प्रतिशत महीलाहरू साक्षर भै सकेका छन बीगत को विस्लेषण हेर्दा यो सन्तोषजनक बाटोमा अगाडी बढेको देखिन्छ । आजभोलि बीभीन्न स्थानिय संघ संस्था बन खानेपानी सहकारी स्कुल क्याम्पसहरू मा महीला को उत्साहाजनक सहभागीता र भुमिका देखीन्छ यसबाट महीला को क्षमता बिकास नेतृत्व बीकास र बढ्दो सामाजीक हैसीयत कायम भयको र महीला मा आत्मबल बढेको त देखिन्छ नै । स्थानीय संघ संस्था सहकारी ले महीला नेतृत्व बीकास मा सहज बनाएको छ ।  बिडम्बना मुख्य नेतृत्व लिने सवाल मा अझैपनी पीतृसत्तात्मक सोच मा परिवर्तन आउन सकेको छैन । महीला ले नेतृत्व लिन सक्छन र ? भन्ने धारणा अझै पनी छ । यस्तो सोच पुरूष मा मात्रै होईन हामी महीला हरूमा पनी छ हामि पनि आफु भन्दा पुरूष नै सक्षम देख्छौ यो सोच हामीले पनि परिवर्तन गर्नु जरुरी छ । हामि ले हाम्रो सोच मा परिवर्तन ल्याउन सकेनौ भने आउदो पिढिं ले पनी पितृसतात्मक सोच को शीकार बन्नु पर्छ ।

                महीला कमजोर छन भन्ने कुरा मानव निर्मित हो । पुरूष आधिपत्य भएको समाज मा यस्तो अनिश्चय सामान्य हो । मातृत्व र मातृत्व संग समन्धित कृयाकलाप ले नारी जाति लाई शारिरिक रूपमा भिन्न तुल्याएको तथ्य मा कुनै शङ्का छैन । नारी दिवास मनाई रहदा मलाई लाग्छ आजको युगमा हामि ले सबैभन्दा पहीले आफ्नो आत्म विस्वास जगाउन जरुरी छ की हामी पनी राजनैतिक आर्थिक अथवा जीवन का सबैक्षेत्र मा योगदान गर्न सक्छौ । भुमिका नीर्वाहा गर्न सक्छौ । यसो गर्न महीला ले पुरूष को दया होईन संघर्ष गर्ने आंट गर्नु पर्छ । संघर्ष कसैको बीरूद्ध मा होईन आफ्नै अधिकार प्राप्ति र रक्षा को लागी हो । यो काम मा यदि कोही बाधक हुन्छ भने त्यसका बिरूद्ध पनी हो । महीला मा यो चेतना को बीकास हुन आज को आवश्यकता पनी हो।

प्रतिकृया दिनुहोस

प्रहरी जवानको पीडाः मुस्किल छ मुस्कान

नेपाल प्रहरीले मुस्कानसहित सेवा दिने भनी प्रचार र तालिम थालेको धेरै भयो । यो अभियानले राष्ट्रियदेखि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको पनि ध्यान

भड्किलो तीज र पीडित पुरुषको वेदना

अफिसमा काम सकेर भृकुटीमण्डपको बाटो हुँदै घर फर्कँदै थिएँ । रत्नराज्य क्याम्पस अगाडिको चिया पसलमा टोलाएर बसिरहेको एकजना साथी देखेँ । सोधेँ,

अमेरिकी सहरको मेयरमा तेश्रोपटक पनि कुकुर निर्वाचित

सुन्दैमा अनौठो र अपत्यरिलो । अमेरिकाजस्तो विकशित देशको सहरमा मान्छे नभई कुकुर मेयर हुन्छन् भन्ने सुन्दा अचम्म लाग्नु स्वभाविकै हो । विश्वको तेश्रो