• २०७५-३-१० , आइतबार/ Sunday 06-24-18
  • 03:06:11

टेलिकमले ल्यायो अत्याधुनिक सुविधासहितको मोबाइल एप

१७ जेठ, काठमाडौं

नेपाल टेलिकमले आफ्नो मोबाइल एप ‘नेपाल टेलिकम’लाई परिमार्जन गरी नयाँ रुपमा प्रस्तुत गरेको छ । नयाँ एपमार्फत नेपाल टेलिकमका जीएसएम, सीडीएमए, पीएसटीएन र एडीएसएल लगायतका सेवाहरुको वारेमा जानकारी प्राप्त गर्न सकिन्छ । यो एपमा लग इन गर्नासाथ मोबाइलमा भएको ब्यालेन्स रकम तथा नेपाल टेलिकमको प्याकेज खरिद गरेको भए सो बारेे जानकारी प्राप्त गर्न सकिन्छ । पछिल्लो अवस्थामा विभिन्न प्रकारका प्याकेज खरिद गरी सेवा उपभोग गर्ने प्रचलन बढ्दै गएकाले विशेष गरी त्यस्ता प्याकेज खरिद गर्नका लागि यो एपबाट सहज हुने छ । त्यसैगरी एफएनएफ सर्भिसबाट नेपाल टेलिकमका आफूले चाहेका ५ वटा नम्बरमा सस्तो दरमा कल गर्नका लागि सेवा सुचारु गर्न सकिन्छ । विभिन्न सेवाको लागि आवश्यक रकम रिचार्ज गर्न र जीएसएम प्रिपेडबाट ब्यालेन्स ट्रान्सफर गर्नसमेत यसबाट सहज हुन्छ । पिन कोड राखेर वा रिचार्ज कार्ड स्क्यान (स्क्यान एन्ड्रोइडमा मात्र हुने) गरेर पनि यसबाट रिचार्ज गर्न सकिन्छ । यो एपमार्फत आफ्नो मोबाइलबाट नेपाल टेलिकमको कुनै अर्को मोबाइलमा विभिन्न प्याकेजहरु गिफ्ट दिन पनि सकिन्छ । साथै रिचार्ज कार्डबाट कम्पनीका विभिन्न सेवाको बिल भुक्तानी पनि यही एपमार्फत गर्न सकिन्छ । कम्पनीको फेसबुक लगायतका सोसल मिडियासमेत यहीँबाट प्रयोग गर्न सकिन्छ । यस एपबाट १००, १०१, १०२ जस्ता इमर्जेन्सी नम्बरहरु डायल गरी आवश्यक सेवा लिनुका साथै १९७, १४९८ आदि नम्बरमा डायल गरी कम्पनीका विभिन्न सेवाका वारेमा सोधपुछ गर्न पनि सकिन्छ । उक्त एपमा कम्पनीले उपलब्ध गराउदै आएका सम्पूर्ण सेवाहरुको महसुल दर बारे जानकारी लिन पनि सकिन्छ । भविष्यमा अन्य सेवाहरु पनि थप गर्दै लैजाने योजना रहेको छ । गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरबाट ‘नेपाल टेलिकम’ एप डाउनलोड गरी नेपाल टेलिकमको मोबाइल नम्बरमार्फत रजिष्टर गरे पछि यो एप चलाउन सकिन्छ । (अनलाइनखबर बाट )

प्रतिकृया दिनुहोस

पातलो मोबाइल ‘वान प्लस ५ टी’ नेपाली बजारमा

  काठमाडौं, पुस १९ –वानप्लसले आफ्नो प्रिमियम फ्ल्यागशिप स्मार्टफोनहरु मध्येको सबैभन्दा पछिल्लो स्मार्टफोन ‘वानप्लस ५ टी’सार्वजनिक गरेको छ

फोटो सहितको मतदाता नामावली संकलनको क्रममा नवलपरासीमा ५४ हजार बढी नया मतदाता थपिए

रामकुमार श्रेष्ठ नवलपरासी, ३२ साउन । स्थानीय तहको निर्वाचनका समयमा मतदाता नामावलीमा नाम छुटेका व्यक्तिका लागि तय गरिएको नामावली संकलनको क्रममा

आजबाट फोटोसहित मतदाता नामावली संकलन कार्य शुरु, नवलपरासीको कावासोती र परासी गरी दुई स्थानबाट नामावली संकलन

नवलपरासी, १ साउन । जिल्ला निर्वाचन कार्यालय नवलपरासीले नवलपरासीमा आजबाट फोटो सहितको मतदाता नामावली संकलन कार्य शुरु गरेको छ । नवलपरासीको कावासोती र