• २०७५-६-१० , बुधबार/ Wednesday 09-26-18
  • 09:09:33

यातायात विभागको दावीः दुई महिनाभित्र स्मार्ट लाइसेन्स समस्या हट्छ

२९ जेठ, काठमाडौं

यातायात व्यवस्था विभागले २ महिनाभित्र पि्रन्ट हुन बाँकी सबै सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को वितरण सक्ने दावी गरेको छ । नयाँ चार वटा पि्रन्टर मेसिन ल्याएको विभागले अब २ सिफ्टमा प्रिन्ट गरेर लाइसेन्स वितरणको समस्या हल गर्ने बताएको छ । विभागमा अहिलेसम्म चारवटा मेसिनले मात्रै लाइसेन्स प्रिन्ट गरिररहेका थिए । अब आठवटा मेसिनबाट लाइसेन्स पि्रन्ट गरेर दुई महिनाभित्रै सबै प्रतीक्षारत सेवाग्राहीलाई हस्तान्तरण गरिसक्ने विभागका प्रवक्ता तुल्सीराम आर्यालले बताए । अहिले झण्डै ट्रायल पास गरेका र नवीकरणका लागि आवेदन दिएका ३ लाख सेवाग्राही लाइसेन्स कुरिरहेका छन् । सरकारले २०७२ मंसिर २० देखि स्मार्ट कार्डको रुपमा वितरण थालेको थियो । कुनै समयमा कार्डकै अभाव त, कहिले प्रिन्टरको कमीका कारण लाइसेन्स नपाएर थुप्रै सेवाग्राही विभागले थमाएको रसिदका भरमा सवारी चलाइरहेका छन् । अब स्मार्ट कार्ड आपूर्ति र छपाईको समस्या हटेको आर्यालको दावी छ । समयमै स्मार्ट लाइसेन्स उपलब्ध गराउन नसक्दा सेवाग्राही विभागसँग असन्तुष्ट छन् । प्रक्रिया पुरा गरेको १ वार्ष्सम्म पनि लाइसेन्स प्रिन्ट भएर विवरण नहुने अवस्था अबको दुई महिनाभित्रै सल्टिने दावी विभागको छ । २ महिनाभित्र पुरानो छपाई गर्न बाँकी (ब्याक लग) को छपाई गरी सम्बन्धित कार्यालयबाट स्मार्ट कार्ड वितरण गर्ने व्यवस्था मिलाइने अर्यालले बताए । त्यसपछि ट्रायल परीक्षा उत्तीर्ण गरेर राजस्व जम्मा गरेपछि तत्कालै सम्बन्धित सेवाग्राहीले पाउने गरी कार्यालयमा स्मार्ट कार्ड उपलब्ध गराउने दावी प्रवक्ता आर्याललले गरे ।विभागले पछिल्लो पटक साढे ७ लाख थान स्मार्ट लनाइसेन्स कार्ड ल्याएको छ । अब १० लाख कार्डका लागि टेन्डर गर्ने तयारी पनि भइरहेको विभागले जनाएको छ । (अनलाइनखबर बाट )

प्रतिकृया दिनुहोस

कानूनको अभाव प्रमुख चुनाैती–मुख्यमन्त्री

९ असोज, बुटवल नेपालको संविधानले व्यवस्था गरेको स्थानीय तह तथा प्रदेशबीचका साझा अधिकार क्षेत्रको प्रयोग तथा प्राकृतिक स्रोत साधनको बाँडफाँड, विकास

सहयोगीको प्रश्न : बालबालिका कहिले सम्म असुरक्षीत ?

दौतरी एफ एम नवलपरासी असोज ९ देश भर बालबालिका माथी भैरहेको हिंसा, र बढ्दो असुरक्षाको विषयमा सरोकारहरुलाई सचेत गराईएको छ । पश्चिम नवलपरासीको

अन्धविश्वासको पछि लाग्ने प्रिन्सीपल सहित ५ जना प्रहरी नियन्त्रणमा

  ८–असोज,नवलपरासी पश्चिम नवलपरासीमा गढेको धन निकाल्ने भन्दै खाडल खनि पुजा गरिरहेका प्रतापपुर ३ अमवामा रहेको गोल्डेन लाईफ ईङ्गलिस स्कुल का