• २०७५-३-१० , आइतबार/ Sunday 06-24-18
  • 03:06:13

संयुक्त दस्तावेजमा ट्रम्प र किमद्वारा हस्ताक्षर

२९ जेठ, काठमाडौं

ऐतिहासिक वार्तासँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनले संयुक्त दस्तावेजमा हस्ताक्षर गरेका छन् । दस्तावेजमा के छ भनिएको छैन । केहीबेरपछि दुई नेताको संयुक्त पत्रकार सम्मेलन हुने अमेरिकी राष्ट्रपति ट्रम्पले जानकारी दिएका छन् । ट्रम्प र किमबीच सिंगापुरको सान्तोसा आइल्याण्डस्थित होटलमा भेटवार्ता भएको हो । दुई नेताबीच ३८ मिनेट वार्ता भएको थियो । संयुक्त दस्तावेज हस्ताक्षर गर्नुअघि अमेरिकी राष्ट्रपति ट्रम्पले निकै राम्रो कुराकानी भएको बताए । कोरियासँगको सम्वन्ध विगतभन्दा अर्को अवस्थामा पुगेको उनले बताए । उत्तर कोरियाली नेता किमले विगतलाई छाडेर अघि बढेको र विश्वले आश्चर्यजनक परिवर्तन पाएको बताए । दस्तावेजमा हस्ताक्षरपछि दुवै नेताले हात मिलाए । फोटो सेसनका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किम निकै चलाख भएको बताएका छन् । (अनलाइन खबर बाट)

प्रतिकृया दिनुहोस

यो हो दुनियाँकै खास कुकुर, जसले पायो विशेष काममा नियुक्ति

    केही दिनअघि अमेरिकाको बोस्टन म्युजियम अफ फाइन आर्टस्ले एक रिले नामको कुकुरलाई कर्मचारीको रुपमा भर्ना गर्यो । रिले कुकुरलाई संग्राहलयको

१६ करोड डलर ठग्ने ठगलाई १३ हजार वर्ष जेल

एकजना ठगले १३ हजार २ सय ७५ वर्षको जेल सजाय पाएको छ । थाइल्याण्डको एक अदालतले यस्तो सजाय सुनाएको हो । ३४ वर्षको पुडिट किट्टीथ्राडिलोक उच्च मुनाफा प्रदान

रुसी सेनाको विमान सिरियामा दुर्घटना, ३९ जनाको मृत्यु

२३ फागुन रुसी सेनाको कार्गो विमान मंगलबार सिरियामा दुर्घटना हुँदा ३९ जनाको ज्यान गएको छ । रुसको सुरक्षा मन्त्रालयलाई उद्धृत गर्दै रुसका सञ्चार