• २०७५-३-१० , आइतबार/ Sunday 06-24-18
  • 03:06:03

७ बटै स्थानिय तहका प्रमुख जिल्ला प्रशासनमा

२८ जेठ, नवलपरासी

पश्चिम नवलपरासीमा रहेका ७ बटै स्थानिय तहका प्रमुख हरुले आज संयुक्त रुपमा जिल्ला प्रशासन कार्यलय पश्चिम नवलपरासीमा ध्यानाकार्षण पत्र बुझाएका छन् । विगत केहि समय यता जिल्लाका बिभिन्न स्थानिय तहका प्रमुख एवम् अध्यक्षहरुलाई  आपाराधिक मानशिकता बोकेका अराजक तत्वहरुले टेलिफोन मार्फत धम्काउने ,भय, डर र त्राश देखाउने तथा ज्यान मार्ने सम्मका धम्की आउनुले समग्र जिल्लाको शान्ती सुरक्षाको स्थितमा प्रश्नचिन्ह्र खडा भएको भन्दै,प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेलाई ध्यानाकार्षण पत्र बुझाएका हुन् । जेठ २८ गते बिहान ८ः५५ बजे सुस्ता गाउपालिका का अध्यक्ष राम प्रसाद पाण्डेलाई गरिएको अभद्र ब्यबहार र अमानविय क्रियाकलाप प्रति सबै स्थानिय तहहरुको गम्भिर ध्यानाकार्षण भएको समेत ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । शान्ती सुरक्षा जस्तो संवेदनशिल बिषयमा गम्भिर भै आपाराधिक तथा अराजक तत्व प्रति कडा कार्वाही गर्न प्रमुख जिल्ला अधिकारी समक्ष अपिल गरेका हुन् । ध्यानाकार्षण पत्रमा पश्चिम नवलपरासीका ७ बटै स्थानिय तहका प्रमुख हरुको हस्ताक्षर रहेको छ । 

प्रतिकृया दिनुहोस

सवारी साधनको बाक्लो चापले सुरक्षा चुनैती

नवलपरासी प्रतापपुरस्थीत गण्डक नहर किनारमा रहेको बेलाटारी चोकमा सवारी साधनको बाक्लो चापले सुरक्षा चुनैती र पैदल यात्रुलाई समस्या पर्दै गएको छ ।

जथाभावि छाडा चौपाया छाडिदा कृषकका वाली नालीमा हानी नोक्सानी

नवलपरासी बर्दघाट नगरपालिका भित्र जथाभावि छाडा चौपाया छाडिदा कृषकका वाली नालीमा हानी नोक्सानी पु¥याएको छ । किसानहरुले दुःख गरी माना छरेर मुरी

ट्रकको ठक्करबाट एकको मृत्यु

नवलपुरको अमरापूरीमा हेभी ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा देवचूली नगरपालिका १४ का २२ वर्षीय मुकेश सापकोटा रहेका छन् । गैंडाकोट