• २०७५-३-१० , आइतबार/ Sunday 06-24-18
  • 03:06:42

मिडियालाई कारवाही गर्नुपर्ने

३०  जेठ, नवलपरासी

नेपाल कम्युनिष्ट पार्टि सुस्ता गाउकमिटिले जेठ २८ गते विहान ८ः५५ बजेको समयमा सुस्ता गाउपालिका प्रमुख रामप्रसाद पाण्डेलाई भएको दुर्ब्यवार प्रति प्रेश विज्ञप्ती जारी गरी खेद प्रकट गरेको छ । कथित जनवादि विप्लव जनपरिषद नाम दिई सामाजीक संजाल तथा पत्र पत्रिकामा गाउपालिका अध्यक्षलाई कालोमोसो दलि कार्यक्रम सफल पारियो भनि चरित्र हत्या गर्ने प्रयास भएकोमा खेद प्रकट गरिएको विज्ञप्तीमा उल्लेख गरेको छ । जेठ २८ गते विहान ८ः५५ को समयमा गाउपालिका प्रमुख पाण्डे घरमै भएको समयमा ४ जना अपरिचित ब्यक्ति आई फाईल हेर्न दिएको र सोहि समयमा दुईजना ब्यक्तिले पछाडिबाट मोविल छ्यापेर भागेकोमा संचारकर्मीले घटनाको सत्य तथ्य नवुझि कालोमोसो दलिएको भनी समाचार सम्प्रेसण गरेको प्रती ध्यान आकर्षण भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । विज्ञप्तीमा घटना घटाउने अराजक तत्व र स्थलगत रुपमा नवुझि ब्यक्तिगत जीवनमा आंच आउनेगरी पत्रकारिताको मर्म विपरित समाचार सम्प्रेसण गर्ने मिडियालाई समेत कारवाही  गर्नुपर्ने भनी सम्बन्धीत निकायको ध्यान आकर्षण गरिएको छ । पाण्डेलाई लगाईएका सम्पूर्ण आरोप निराधार भएको भन्दै आगामी दिनमा यस्ता गतिविधी दोहोरिए सिंगो पार्टि कारवाही मा उत्रिने उल्लेख छ । आगामी दिनमा जन प्रती निधिको सुरक्षाको लागि समेत सम्बन्धीत निकायमा जोडदार माग गरीएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । त्यस्तै  क्यानल सेन्टर मा बि ले आफ्ना पूर्व प्रिन्सीपल तथा सुस्ता गाउपालिका प्रमुख रामप्रसाद पाण्डे माथी भएको दुब्यबहारको एक विज्ञप्ती जारी गर्दै भत्सना गरेको छ ।

 

http://सुस्ता गाउपालिका प्रमुख पाण्डेलाई जनकारवाहिdautarifm.com.np/news-details/969/2018-06-11

प्रतिकृया दिनुहोस

सवारी साधनको बाक्लो चापले सुरक्षा चुनैती

नवलपरासी प्रतापपुरस्थीत गण्डक नहर किनारमा रहेको बेलाटारी चोकमा सवारी साधनको बाक्लो चापले सुरक्षा चुनैती र पैदल यात्रुलाई समस्या पर्दै गएको छ ।

जथाभावि छाडा चौपाया छाडिदा कृषकका वाली नालीमा हानी नोक्सानी

नवलपरासी बर्दघाट नगरपालिका भित्र जथाभावि छाडा चौपाया छाडिदा कृषकका वाली नालीमा हानी नोक्सानी पु¥याएको छ । किसानहरुले दुःख गरी माना छरेर मुरी

ट्रकको ठक्करबाट एकको मृत्यु

नवलपुरको अमरापूरीमा हेभी ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा देवचूली नगरपालिका १४ का २२ वर्षीय मुकेश सापकोटा रहेका छन् । गैंडाकोट